सुनचाँदीको मूल्यमा भारि गिरावट

Jul 24, 2026 10:48 AM Merolagani



साउन ८ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावाट भएकाे छ। यस दिन सुन प्रतितोला पाचँ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १५५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।