ताइवानमा २५ वर्ष यताकै शक्तिशाली भूकम्प

Apr 03, 2024 10:26 AM Merolagani



ताइवानमा बुधबार (अप्रिल ३) ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। यसको धक्का जापान र फिलिपिन्ससम्म महसुस गरिएको थियो। ताइवानको दमकल विभागका अनुसार ४ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

मौसम विभागका अनुसार पूर्वी ताइवानको हुआलियन सहरमा भूकम्प गएको हो। यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो। नेपाली समय अनुसार बिहान ५ः४५ बजे भूकम्पको धक्का महसुस गरिएको हो। धेरै भवनहरू ध्वस्त हुनुका साथै भूस्खलन पनि भएको बताइएको छ।

ताइवानको सेन्ट्रल वेदर ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो। यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसबेला २ हजारभन्दा बढीको मृत्यु भएको थियो।

जापान–फिलिपिन्सले सुनामीको चेतावनी हटायो

भूकम्पपछि ताइवान, जापान र फिलिपिन्सले सुनामीको चेतावनी जारी गरेको थियो। जापानको मौसम विभागले समुन्द्रमा ३ मिटर वा १० फिट अग्लो छाल आउने अनुमान गरेको थियो। तर, अहिले जापान र फिलिपिन्सले सुनामीको चेतावनी हटाएका छन्।

चीन सहयोग पठाउन तयार

चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनस्थित ताइवान मामिलाको अनुगमन गर्ने कार्यालयले भूकम्पबाट भएको क्षतिप्रति चिन्तित रहेको र ताइवानलाई सहयोग पठाउन तयार रहेको जनाएको छ। चीनले ताइवानलाई आफ्नो हिस्सा दाबी गर्दै आएको छ। यद्यपि, ताइवानले आफूलाई स्वतन्त्र भन्छ।

६.५ म्याग्निच्युडको परकम्प

ताइवानमा धेरै परकम्पहरू पनि महसुस गरिएको छ। यीमध्ये सबैभन्दा शक्तिशाली ६.५ म्याग्निच्युडको परकम्प थियो।

(दैनिक भाष्करबाट अनुवादित)




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।