प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Apr 04, 2024 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३.४३ अंक घटेर २००६.७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३४ अंक बढेर २००७.१३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

बिहीबार प्रि ओपन सेसनमा १२ स्टकको ९ लाख ७८ हजार ९९२ रुपैयाँ ३० पैसाबराबरको १ हजार ५१९ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।