प्रि ओपन सेसन अपडेटः साढे ७ अंक घट्यो नेप्से

Oct 06, 2026 10:51 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.५६ अंक घटेर २५५९.२० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.६६ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६९ स्टकको १०० पटकको कारोबारमा २७ लाख १९ हजार ६६९ रुपैयाँबराबरको ६ हजार २९३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने ४० स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।