सुनको भाउमा फेरि नयाँ रेकर्ड, कति पुग्यो भाउ?

Apr 09, 2024 11:03 AM Merolagani



सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ। चैत २७ गते मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

गत सोमबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी चाँदीको भाउ भने उच्च मूल्या नै स्थिर छ। मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।

अमेरिकी केन्द्रीय बैंक (फेड) ले कुनै पनि समय ब्याजदर घटाउन सक्ने भएकोले अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको हो। फेडले अहिले महँगी नियन्त्रणमा आएकाले ब्याजदर कटौती गर्ने तयारी गरिरहेको छ।

नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको आधारमा तय हुने गरेको छ। यसले गर्दा नेपालमा पनि सुनको भाउ लगातार बढ्दै गएको हो। अहिले सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायीहरु बताउछन्। अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिआउन्स २ हजार ३५० डलर नजिक पुगेको छ।

सुनको भाउ अत्याधिक बढेपछि अहिले सुन कारोबार भने केहि घटेको व्यवसायीहरु बताउछन्। अहिले ग्राहकहरुले अत्यावश्यक बाहेकको सुन खरिद नगरेको र कतिपयले आफ्नै पुरानो सुन ल्याएर समेत नयाँ सुनका गरगहना बनाइरहेको व्यवसायीहरु बताउछन्।

 




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।