अर्थमन्त्रीले असन्तुष्टि जनाएपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्कालको लागि रोकियो, आईपीओ स्वीकृति थप लम्बियो

Apr 10, 2024 01:50 PM merolagani



नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्कालको लागि रोकिएको छ। अर्थमन्त्री वर्षमान पुनको चरम असन्तुष्टिका बीच अध्यक्ष छनाेट प्रक्रिया तत्कालको लागि रोकिएको हो।

छनाेट समितिले छानेका सबै जसोको नाम कुनै न कुनै घराना वा राजनीतिक दलसँग जोडिएकोमा अर्थमन्त्री असन्तुष्ट छन्। अर्थमन्त्री पुनको ठाडो निर्देशन पछि अध्यक्ष चयन प्रक्रिया तत्कालका लागि रोकिएको हो। यस अघि नै सर्ट लिस्टमा परेकाहरूको बिहीबार देखि प्रस्तुतीकरण गर्ने कार्यक्रम समितिले तय गरेको थियो। तर अब उक्त प्रस्तुतीकरण अनिश्चितकाको लागि सरेको छ।

आउने वैशाख २ गते अर्थमन्त्री पुन अमेरिका जाँदै छन्। उनी नेपाल नफिर्किउन्जेल अध्यक्ष छनाेट प्रक्रिया अघि बढ्ने छैन। मन्त्री आएपछि पनि के कसरी अघि बढाउने भन्ने विषयमा छलफल नगरी छनाेट प्रक्रिया अघि बढ्ने छैन।

धितोपत्र बोर्डको अध्यक्षको लागि १९ जानाको आवेदन परेको थियो। जसमा समितिले पाँच जनाको नाम सर्ट लिस्ट गरिसकेको छ। जसमा बिमा समितिका पूर्वअध्यक्ष चीरन्जीबी चापागाईँ, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक द्वय डा.नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी निर्देशक कृष्णबहादुर कार्की र तत्कालीन नेपाल एक्सप्रेस फाइनान्सका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ छन्। 

अध्यक्ष छनाेट प्रक्रिया रोकिए सँगै प्राथमिक निष्कासन प्रक्रिया थप लम्बिएको छ। अध्यक्ष नभएकै कारण गएको तीन महिनादेखि प्राथमिक निष्कासन अवरुद्ध छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।