यी २० कम्पनीका शेयरधनीलाई भयाे २०८० साल 'फलिफाप'

Apr 12, 2024 06:02 PM Merolagani



वि.सं २०८० मा नेप्से सूचक खासै धेरै बढ्न नसकेपनि केहि कम्पनीमा लगानीकर्ताले शतप्रतिशतभन्दा धेरै नाफा कमाएका छन्। कम पूँजी भएका कम्पनीहरुको शेयरमूल्य उचालिदा लगानीकर्ताले मनग्य आम्दानी गरेका हुन्। यस वर्ष नेप्से सूचक १९३४ बाट बढेर २०२५ विन्दुमा पुगेको छ। जुन ४ प्रतिशत बढेको हो।

नेप्से ४ प्रतिशत बढ्दा पनि केहि कम्पनीको शेयरमूल्य ३ गुणभन्दा धेरै बढेको देखिन्छ। यस वर्ष गुँरास लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै २.२५ प्रतिशतले बढेको छ। लगानीकर्ताले एक वर्षमा नै ३ गुणा बढी नाफा कमाएका छन्। यस्तै मोलुङ हाइड्रोपावरबाट पनि १७३ प्रतिशत नाफा कमाएका छन् भने उन्नति सहकार्य लघुवित्तबाट १५५ प्रतिशत र पिपुल्स पावरबाट १०८ प्रतिशत नाफा कमाएका छन्।

यसैगरी सोल्टी होटलबाट ८७ प्रतिशत नाफा कमाएका छन् भने विन लघुवित्तबाट ८६ प्रतिशत र नेपाल इन्स्योरेन्सबाट ७७ प्रतिशत नाफा कमाएका छन्।

  • यी हुन धेरै घट्ने कम्पनी

यता केहि कम्पनीबाट भने लगानीकर्ताले ३८ प्रतिशतसम्म गुमाएका छन्। अपर तामाकोसीको शेयमूल्य यस अवधिमा ३८ प्रतिशतले घटेको छ। कम्पनीको शेयरमूल्य २८० रुपैयाँबाट घटेर १७१ रुपैयाँमा झरेको छ।

यस्तै अरुण काबेली हाइड्रोपावरको शेयरमूल्य ३०.९४ प्रतिशतले घटेको छ भने चन्द्रागिरी हिल्सको २९.८१ प्रतिशत, एनआइसी एशिया बैंकको २९.४३ प्रतिशत र नबिल बैंकको २९.२३ प्रतिशतले घटेको छ।

 

 




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।