आजदेखि नयाँ बर्ष २०८१ शुरू,नयाँ जाेश,याेजना र उमङ्गकाे वर्षकाे रूपमा स्वागत गरिँदै

Apr 13, 2024 06:08 AM Merolagani



आजदेखि नयाँ बर्ष विक्रम संवत् २०८१  शुरू भएको छ । नयाँ बर्ष २०८१ को आज पहिलो दिन वैशाख १ गते, नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन हो । यस दिनलाई वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनको रूपमा लिने गरिन्छ ।

विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवतकाे पूरानो वर्ष सकिएर नयाँ वर्ष शुरू हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ ।

 

सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरू भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।

आज बिहानै नुहाउने, घरकोठा,आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीभाई तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन छ । तर याे बर्ष नयाँ बर्ष शनिवार परेकाे छ ।

नयाँ बर्ष २०८१ काे अवसरमा मेराे लगानी डट कम परिवार सम्पूर्ण पाठक, विज्ञापनदाता र सुभेच्छुकहरूकाे लागि नयाँ बर्ष सुखमय बनाेस् भन्ने कामना गर्दछ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।