तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने पहिलो कम्पनी बन्यो आरएसडिसी, कस्तो छ वित्तीय अवस्था?

Apr 15, 2024 09:51 AM Merolagani



तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्नेमा आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो भएको छ। कम्पनीले आज सो विवरण प्रकाशित गरेको हो।

प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ११ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४८.०३ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३०.३० प्रतिशत बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ३७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५५ लाख रुपैयाँ रिभर्स भएपछि खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रति शेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ रुपैयाँ ६४ पैसा बढी हो। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.१ गुणा रहेको छ। त्यस्तै, लघुवित्तको प्रतिशेयर नेटवर्थ १२४ रुपेयाँ ६९ पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट ८.६० प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी ९४ करोड ४३ लाख रुपैयाँ पुर्याएको यस लघुवित्तको जगेडा कोषमा २३ करोड ३१ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ५ अर्ब ६५ करोड सापटीबाट ६ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

 



comments powered by Disqus

गभर्नर अधिकारीकाे बिदाइ र नयाँ नियुक्तिको दिनगन्ती सुरु, निर्णायक चार शक्ति केन्द्र र दौडमा रहेका चार मुख्य पात्र

Feb 13, 2025 03:53 PM

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको दिनगन्ती शुरु भएपछि नेपाल राष्ट्र बैंक र बैंक  तथा वित्तीय संस्था भित्र मात्र होइन, नेपालको आर्थिक क्षेत्रको बारेमा चासो राख्ने जो कोहीले पनि प्रश्न गर्न थालेका छन-अबको गभर्नर को ?