एनआईसी एशिया लघुवित्तको नाफा उल्लेख्य बढ्यो, तर शेयरधनीहरुको हात भने रित्तै हुने सम्भावना !

Apr 16, 2026 08:53 AM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेपनि लाभांश वितरण नगर्ने सम्भावना प्रबल देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१३६.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा १२ लाख ९८ हजार रुपैयाँ मात्र थियो।

सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै लघुवित्तको खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.२१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६९.४५ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ८३५६.०३ प्रतिशत बढेको छ।

नाफा उल्लेख्य बढेपनि लघुवित्तले यस वर्ष पनि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने सम्भावना प्रबल छ। किनभने गत चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँ ऋणात्मक छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा ऋणात्मक छ। लघुवित्तले आर्थिक वर्ष २०८०÷८१ मा पनि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको थियो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि समीक्षा अवधिमा उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ १० पैसा बढेर ८ रुपैयाँ २० पैसा पुगेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७४.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ३५ पैसा रहेको छ।

लघुवित्तको मुख्य समस्या भनेको यसको खराब कर्जा हो। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.०४ प्रतिशतविन्दु बढेर १६.५९ प्रतिशत पुगेको छ।

१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४७ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनामा लघुवित्तको निक्षेप तथा सापटी ७.८६ प्रतिशत बढेको छ भने कर्जा लगानी १२.३१ प्रतिशत बढेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।