प्रभु केबुलकारले आइपीओ ल्याउँदै

Apr 16, 2024 05:50 PM Merolagani



प्रभु केबुलकार एन्ड टुरिज्म लिमिटेड(PCTL)ले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाउन शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिको आवेदन मागेको छ ।

प्रतिस्पर्धाबाट छनोट हुने बिक्री प्रबन्धकले कम्पनी आईपीओ जारी गर्न थप प्रक्रिया अघि बढाउन शिलबन्दी आह्वान गरिएको कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ ।कम्पनीले प्रिमियम भाउमा आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले हाल तीन वटा केबुलकार परियोजना अघि बढाएको छ । जसमध्ये बुटवलको सिद्धार्थ केबुलकार परियोजना सञ्चालनको अन्तिम तयारीमा छ । एक अर्ब रुपैयाँको लागतमा तिनाउ नदी छेउको मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पाको नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केबुलकार निर्माण भएको छ । आन्तरिक पर्यटकदेखि तथा भारतीय पर्यटक लक्षित गरी निर्माण गरिएको उक्त केबलकार केही दिनभित्रै सञ्चालनमा आउने छ । 

त्यसबाहेक कम्पनीले रामेछापमा खाँडादेवी केबुलकार र सिन्धुलीमा सिद्धबाबा केबुलकार योजना कम्पनीले अघि सारेको छ । यी दुवै आयोजनामा प्रारम्भिक कार्य भइरहेको छ । कम्पनीमा प्रभु ग्रुप अन्तर्गत प्रभु स्टिल एन्ड हाइड्रो इक्युपमेन्ट इन्डष्ट्रिज, प्रभु ऊर्जा कृषि पर्यटन लिमिटेड, हाइड्रो होल्डिङ एन्ड पावर डेभलपमेन्ट, प्रभु जलविद्युत् विकास लिमिटेडको लगानी रहेको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।