पब्लिक आईको प्रतिवेदनले यस्तो खुलासा गरेको हो । प्रतिवेदनमा बेलायत,जर्मनी,स्विट्जरल्याण्ड लगायतका विकसित मुलुकमा चिनी विनाका उत्पादन बिक्री तथा वितरण भइरहेको उल्लेख गरिएकाे छ।
विश्वको सबैभन्दा ठूलो उपभोक्ता उत्पादन कम्पनी नेस्लेले मोटोपना र गम्भीर रोगबाट बच्न जारी गरिएको निर्देशन विपरीत दूध र शिशुका लागि उत्पादित दूधमा चिनी र मह मिसाएको पाइएको छ । नेस्लेले कम्पनीका उत्पादनहरूमा यी नियमहरू एसिया,अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरूमा उल्लङ्घन गरेको देखियो।
बुधवार सार्वजनिक गरिएको एक पब्लिक आइकाे अनुसन्धान प्रतिवेदनले जर्मनी,फ्रान्स र बेलायतमा नेस्लेद्वारा बिक्री गरिएकाे ६ महिनाको बच्चाहरूकोलागि सेरेलेकमा (गहुँले बनेकाे पिठाे) कुनै थप चिनी फेला परेन । तर इथियोपियामा पाइने साेहि उत्पादनकाे प्रत्येक खुराकमा ५ ग्राम चिनी र चिनीको र थाइल्याण्डमा ६ ग्राम भन्दा बढी चिनी पाइएकाे छ ।
विश्व स्वास्थ्य संगठनका वैज्ञानिक निगेल रोलिन्सले अनुसन्धानको निष्कर्ष पछि पब्लिक आई र आईबीएफएएनलाई भने, 'नेस्लेले यो दोहोरो मापदण्ड अपनाएकाे देखिन्छ जुन जायज हुन सक्दैन' । उनका अनुसार नेस्लेले स्विट्जरल्याण्डमा पनि यी उत्पादनहरूमा चिनी नथपिएकाे तथ्यले बताउँछ।तर कम स्रोत भएका देशहरूमा त्यसो गर्न पाउँदा नेस्ले खुसी छ। कम्पनीको यो कदमले सार्वजनिक स्वास्थ्य र नैतिक दृष्टिकोण दुवैमा प्रश्न खडा गरेको उनकाे भनाइ छ ।
भारतमा बिक्री हुने नेस्लेको बेबीफूड उत्पादनहरूमा चिनीको मात्रा कति छ?
रिपोर्टका अनुसार भारतमा बेचिने बालबालिकाका नेस्लेकाे उत्पादनको प्रत्येक खुराकमा करिब ३ ग्राम चिनी पाइन्छ । उक्त चिनीको मात्राबारे कम्पनीले प्याकेटमा कुनै जानकारी दिएको छैन । स्विस अनुसन्धान संस्था पब्लिक आई र आईबीएफएएन (इन्टरनेशनल बेबी फूड एक्शन नेटवर्क)ले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा बिक्री हुने बेबी फूडको नमुना परीक्षण गर्न बेल्जियमको प्रयोगशालामा पठाएकाे थियाे । साेही परिक्षणकाे नतिजामा नेस्लेले गरिब र विकाशाेन्मुख राष्ट्रहरूमा बिक्री गर्ने उत्पादनहरूमा चिनीकाे प्रयोग गरेको खुलेकाे थियाे ।
नेपाली बालबालिकाले पनि प्रयाेग गर्छन् नेस्लेकाे सेरलेक्स
नेपालमा पनि यस्ता उत्पादनहरू भारतबाट नै आयात गरिन्छ । नेपालमा प्राय जसाे २ वर्षभित्रका बालबालिकाले सेरेलेक्सकाे प्रयाेग गरेकाे पाइन्छ । जसकारण नेपालमा पनि प्रत्येक खुराकमा नेपाली बच्चाहरूले ३ ग्राम चिनी प्रयाेग गरिरहेका छन् । यस्तेा खवस्थामा नेपाली बालबालिका पनि प्रभावित भएकाे देखिएकेा छ ।
रिपोर्टमा नेस्ले इन्डियाले कस्तो प्रतिक्रिया देखायो?
रिपोर्टको जवाफ दिँदै,नेस्ले इन्डियाका प्रवक्ताले संचारमाध्यमसँग गत ५ वर्षमा नेस्ले इन्डियाले शिशुकाे अन्न पोर्टफोलियोमा थपिएको चिनीको मात्रा ३० प्रतिशतले घटाएको बताएका छन् ।प्रवक्ताले भने,“हामी नियमित रूपमा हाम्रो पोर्टफोलियोको समीक्षा गर्छाैँ र गुणस्तर,सुरक्षा र स्वादमा कुनै सम्झौता नगरी थपिएको चिनीको स्तर घटाउन हाम्रा उत्पादनहरूमा सुधार गर्न जारी राखेका छाैँ।"
चिनी बालबालिकाका लागि किन हानिकारक छ ?
रिपोर्टका अनुसार डब्ल्यूएचओले बच्चाहरुलाई सुरूवाती दिनहरूमा नै चिनी रहेका उत्पादनहरुको खुवाउँदा जीवनभरको लागी उनीहरू यस्ता खानामा आकर्षित हुन्छन् जस कारण मोटोपन तथा अन्य रोगहरुको जोखिम बढि हुने चेतावनी दिएको छ कि । २०२२ मा,डब्ल्यूएचओले बच्चाहरूको लागि खाद्य उत्पादनहरूमा चिनी मिसाउन प्रतिबन्ध लगाएकाे थियाे । यसका साथै डब्ल्यूएचओले उद्योगहरूलाई उत्पादनमा सुधार गर्न पनि आग्रह गरेकाे थियाे ।
एजेन्सीकाे सहयाेगमा ।