आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

May 05, 2024 10:26 AM Merolagani



आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले प्रस्ताव गरेको लाभांश संशोधन गरेकाे छ। लाभांश संशोधन पछि इन्स्योरेन्सले चुक्ता पूँजीको कुल २६.१३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

सोमध्यमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश रहेकाे छ। यसअघि भने इन्स्याेरेन्सले २५ प्रतिशत बोनस शेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

इन्स्योरेन्सले प्रस्तावित बोनस शेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो। इन्स्योरेन्स नियामक नेपाल बीमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएकाे इन्स्याेरेन्सले बताएकाे छ। उक्त प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

 

 



दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।