साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन सांग्रिलाको ४ प्रतिशत र स्नो रिभर्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य ४११ रुपैयाँ ५४ पैसा कायम भएको छ भने स्नो रिभर्सको ८५९ रुपैयाँ ९ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा सांग्रिलाको शेयर प्रतिकित्ता ४२८ रुपैयाँमा र स्नो रिभर्सको ९४५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ।