आरबिबि म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा

Sep 18, 2026 09:56 AM Merolagani



आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फण्ड १ (RMF1) र आरबिबि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुका लागि वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

असोज १ गते बसेको आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ (RMF2) का इकाईधनीहरुलाई करसहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ यी दुई फण्डहरुले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।