भारतकाे वाणिज्य एवंम् उद्योग मन्त्रालयले कैयौं पेय पदार्थका कम्पनीहरुलाई आफ्ना इ कमर्स प्लाटफर्ममा हेल्थ ड्रिंक्सको क्याटगरीबाट हटाउन निर्देशन दिएको थियो ।
हिन्दुस्तान युनिलिभरले आफ्नो 'हेल्थ फूड ड्रिंक्स' को श्रेणीलाई फंक्शनल न्यूट्रिशनल ड्रिंक्समा राखेको हाे।
खबर बाहिरिएसँगै कम्पनीकाे शेयरमा गिरावट
यो खबर बाहरिएपछि शेयर बजारमा हिन्दुस्तान युनिलिभरकाे शेयरमा प्रभाव परेकाे छ ।बुधबार कम्पनीकाे शेयर १.६३ प्रतिशतले घटेर २,२२२.३५ भारतीय रुपैयाँमा झरेको थियाे । साे दिन यो सेन्सेक्समा टप लुजरहरूको सूचीमा दोस्रो स्थानमा रहेकाे थियाे। बिहीबार पनि कम्पनीकाे शेयर घटेर २,२१९ रूपैयाँसम्म झरेकाे थियाे ।
र शुक्रबार भने यस कम्पनीकाे शेयर मूल्यमा वृद्धि देखिएकाे छ । आज कम्पनीकाेृ शेयरमूल्य २,२४० रूपैयाँमा पुगेकाेछ ।
हिन्दुस्तान युनिलिभरका प्रमुख वित्तीय अधिकृत रितेश तिवारीले एफएनडी वर्गको प्रवेश न्यून भएकाले वृद्धिको ठूलो अवसर रहेको बताए । तिवारीले हिन्दुस्तान युनिलिभरले एफएनडी श्रेणीमा स्तरोन्नति गर्न,आफ्नो ग्राहक संख्या बढाउन,उपयोग बढाउन र उपभोक्ताहरूलाई थप लाभ प्रदान गर्ने कुरामा ध्यान दिने पनि उनले जानकारी दिए। कम्पनीले आफ्नो प्रिमियम एफएनडी दायरामा राम्रो बृद्धि देखेको पनि उनले बताए । कम्पनीले आर्थिक वर्ष २०२४मा हर्लिक्सको बजार हिस्सा बढेको दाबी समेत गरेकाे छ ।
हिन्दुस्तान युनिलिभरका अनुसार फंक्शनल न्यूट्रिशनल ड्रिंक्स(FND) श्रेणाीकाे अर्थ प्राेटिन र कैयाैं पाेषण तत्वकाे कमीकाे आवश्यक्तालाई पुरा गर्नु हाे । एफएनडीलाई कुनै पनि नन अल्काेहाेलिक ड्रिंकका रूपमा परिभाषित गर्न सकिन्छ ।
गलत शब्दको प्रयोगले उपभोक्तालाई बहकाउन सक्ने
बाल अधिकार संरक्षण राष्ट्रिय आयोगले हालसालै खाद्य सुरक्षा र मानक ऐन २००६ अन्तर्गत 'स्वास्थ्य पेय' (Health Drinks) को कुनै परिभाषा नभएकाे बताएकाे छ। याे महिनाको सुरुवातमा एफएसएसएआईले ई- कमर्स वेबसाइटहरूलाई 'स्वास्थ्य पेय' वा 'ऊर्जा पेय'काे श्रेणीमा डेरी, अन्न वा माल्ट-आधारित पेय पदार्थहरू सूचीबद्ध नगर्न निर्देशन दिएकाे थियो।
स्वास्थ्य पेय भारतको खाद्य कानूनमा परिभाषित गरिएको छैन । एफएसएसएआईले 'एनर्जी ड्रिंक्स' कानून अन्तर्गत सादा पानीमा आधारित पेयहरू भएकाे तर्क गरेकाे थियाे। एफएसएसएआईले गलत शब्दहरूको प्रयोगले उपभोक्ताहरूलाई बहकाउन सक्ने र त्यसैले वेबसाइटहरूलाई विज्ञापन हटाउन वा सच्याउन निर्देशन दिएकाे बताएकाे छ। यसैगरी,उद्योग बजार अनुसन्धान र सल्लाहकार फर्म टेक्नावियोका अनुसार, भारतमा स्वास्थ्य पेय पदार्थको बजार हिस्सा २०२१ देखि २०२६सम्म ३.८४ बिलियन डलरले बढ्ने अपेक्षा गरिएको छ।
एजेन्सी ।