सिईडिबि हाइड्रोपावरको शेयरमूल्य समायोजन

May 02, 2024 08:21 AM Merolagani



बैशाख १९ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (CHDC) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

सो दिन नेप्सेले कम्पनीको ११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजपश्चात कम्पनीको शेयरमूल्य ७२९ रुपैयाँ ७३ पैसा कायम भएको छ। नेप्सेले मंगलबारको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। मंगलबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ८१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले बैशाख ३१ गते, सोमबार, नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा साधारण सभा बोलाएको हो। सो सभा बिहान ८ बजे शुरु हुनेछ।

सभाले दुई आर्थिक वर्षको लागि हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, समाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।