सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

May 07, 2024 10:09 AM Merolagani



सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ।

नेपाल बीमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्दि गर्न २६.९८ प्रतिशतका दरले बोनस शेयर र १.४२ प्रतिशतका दरले अन्तरिम लाभांश वितण गर्ने निर्णय गरेको थियो। सोही लाभांश प्राधिकरणले वितरण नगर्न निर्देशन दिएपश्चात रद्द गरिएको हो।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।