बिद्युत बिक्री आम्दानी बढ्दा पनि किन घट्यो अपि पावरको नाफा ?

May 12, 2024 09:46 AM Merolagani



अपि पावर कम्पनी (API) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १०.९३ प्रतिशत घटेको हो।

यस अवधिमा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँमा खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिमा कम्पनीले ५ करोड तीन लाख रुपैयाँमा रुपैयाँ आर्जन गरेको थियो।

चैत मसान्तसम्ममा कम्पनीको विद्युत विक्री आम्दानी ९५ करोड १८ लाख रुपैयाँ रहेकाे छ। यो गत वर्षको यसै अवधिको तुलनामा ५८ करोड २३ लाख रुपैयाँले बढेको हो। गत वर्ष कम्पनीले ३६ करोड ९५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो।

विद्युत बिक्रीबाट हुने आम्दानी बढेका पनि खर्च बढेका कारण कम्पनीको खुद नाफामा दबाव पुगेको देखिन्छ।

यस अवधिमा कम्पनीको कूल खर्च ७८ करोड ६६ लाख रुपैयाँ रहेकाे छ। जसमा प्रशासनिक खर्च तीन करोड ७ लाख रुपैयाँ, वित्तीय खर्च ४६ करोड ९३ लाख र ह्रासकट्टी खर्च २८ करोड ५६ लाख रुपैयाँ रहेकाे छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ कायम छ ।सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीकाे वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ २ पैसा कायम भएको छ।

 



आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।