लगानी समूहका कम्पनीहरुको कस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय विवरण?

May 12, 2024 05:54 PM Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लगानी समूहका कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक देखिएको छ। कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा अधिकांशको नाफा बढेको छ।

हाल लगानी समूहमा ७ वटा कम्पनी सूचीकृत छन्। जसमा नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक र सिइडिबि हाइड्रोपावर बाहेक पाँचवटा कम्पनीले नाफा बढाएका छन्।

  • नाफामा एचआइडिसिएल अगाडि, नागरिक लगानी कोषको प्रतिशेयर आम्दानी उच्च

चैतसम्मको वित्तीय विवरण अनुसार जलपविद्युत लगानी तथा विकास कम्पनीको नाफा सबैभन्दा धेरै १ अर्ब ९ करोड रुपैयाँ देखिएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको पनि ९८ करोड रुपैयाँ छ।
यता इमर्जीङ नेपालको भने नाफा सबैभन्दा कम ३६ लाख रुपैयाँ मात्रै कमाएको छ।

नाफा बढी कमाए पनि एचआइसिडिएल र निफ्राको उच्च पूँजीका कारण प्रतिशेयर आम्दानी भने कम छ।

तेस्रो त्रैमाससम्ममा नागरिक लगानी कोषको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १३ पैसा छ भने सिइडिबि हाइड्रोपावरको ११ रुपैयाँ ८१ पैसा छ।

यता इमर्जीङ नेपालको प्रतिशेयर आम्दानी सबैभन्दा कम ३ रुपैयाँ ६५ पैसा छ।

  • पूँजीमा एचआइडिसिएल अगाडि, सिआइटिको रिजर्भ बलियो

इन्भेष्टमेन्ट समूहका कम्पनीहरुमध्ये जलविद्युत लगानी तथा विकास कम्पनीको चुक्ता पूँजी सबैभन्दा धेरै २२ अर्ब ७७ करोड छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको २१ अर्ब ६० करोड रुपैयाँ छ।

यता इमर्जीङ नेपालको सबैभन्दा कम ५५ करोड रुपैयाँ छ।

 

(नाेटः चुक्ता पूँजी, जगेडा र नाफाकाे रकम दश लाखमा देखाइएकाे छ।)

 

 

 

 

 

  •  शेयरमूल्य नागरिक लगानी कोषको सबैभन्दा उच्च

लगानी समूहको कम्पनीहरुमध्ये नागरिक लगानी कोषको शेयरमूल्य सबैभन्दा धेरै २०७५ रुपैयाँ छ भने हाथवे इन्भेष्टमेन्टको ८३० रुपैयाँ छ।

यता सबैभन्दा धेरै पूँजी भएको जलविद्युत लगानी तथा विकास कम्पनीको प्रतिकित्ता १६२ रुपैयाँ छ भने निफ्राको १९३ रुपैयाँ छ।

  • सिआइटीको रिटर्न सबैभन्दा धेरै

तेस्रे त्रैमासको वित्तीय विवरण अनुसार सिआइटिको रिटर्न अन इक्वीटि सबैभन्दा धेरै १२.९२ प्रतिशत देखिएको छ भने सिइडिबि हाइड्रोपावरको ७.२९ प्रतिशत छ।

इमर्जीङ नेपालको भने रिटर्न अन इक्वीटि ३.४१ प्रतिशत मात्र छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।