नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM Merolagani



जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।

हेरफेर अनुसार संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोवारमा ०.३६ प्रतिशत कायम गरिएको छ।

त्यस्तै, ५० हजारभन्दा माथि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३१ प्रतिशत र २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.२७ प्रतिशत कमिशन लाग्नेछ। १ करोडभन्दा माथी जतिसुकैको कारोबारमा ०.२४ प्रतिशत कमशिन लाग्नेछ।

लगानीकर्ताले हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिशन तिर्दै आएका छन्। त्यस्तै, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिशन शुल्क लाग्छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।