प्रि ओपन सेसन अपडेटः करिब २ अंक बढ्यो नेप्से

May 14, 2024 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २४.३९ अंक बढेर १९९८.८९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८१ अंक बढेर २०००.७० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९९ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५३ स्टकको १४ लाख २ हजार ७८७ रुपैयाँ ३० पैसाबराबरको ३ हजार ५१७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।