सांग्रिला डेभलपमेन्ट बैंक र अपाेलाे हस्पिटलबीच सम्झौता पत्रमा हस्ताक्षर

May 19, 2024 06:08 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड(SADBL) र अपोलो हस्पिटलबीच सम्झौता पत्रमा आइतबार हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपाेलाे इन्फरमेसन सेन्टरको प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपको उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । यसकासाथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको छ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।