सांग्रिला डेभलपमेन्ट बैंक र अपाेलाे हस्पिटलबीच सम्झौता पत्रमा हस्ताक्षर

May 19, 2024 06:08 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड(SADBL) र अपोलो हस्पिटलबीच सम्झौता पत्रमा आइतबार हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपाेलाे इन्फरमेसन सेन्टरको प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपको उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । यसकासाथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको छ।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।