दुई महिना पछि पुनः नेप्सेले २१ सय विन्दु पार गर्यो, बैंकिङ समूहमा लगानीकर्ताको आकषर्ण बढी

May 20, 2024 12:38 PM Merolagani

सोमबार नेप्से सूचक २१ सय विन्दु पार गरेको छ । याे समाचार तयार पार्दासम्म नेप्से ५५.५२ अंकको वृद्धि हुँदा बजारले २१ सयको विन्दु सहजै पार गरेको हो ।

बजारले करिव दुई महिना पछि २१ सयको विन्दु पार गरेको हो । यस भन्दा पहिले मार्च १३ मा २१ सयको विन्दु पार परेको थियो ।

यस समाचार तयार पार्दा सम्ममा बजार ५५.५२ अंकले बढेर २११९.९८ विन्दुमा पुगेको छ । यस अवधिमा दुई अर्ब २२ करोड २० लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

आज कारोबारमा आएका सबै समूहमा लगानीकर्ता अकषर्ण देखिएको छ । जसमध्येमा बैंकिङ समूहमा लगानीकर्ताको आकषर्ण बढी देखिएको छ । यस अवधिमा दुई वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेको हो ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षापछि आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको देखिन्छ । विशेषगरी समीक्षाले बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने नीति लिएसँगै बजारमा सकारात्मकता आएको हो ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।