सुनको मूल्यमा भारि गिरावट

Jun 27, 2025 02:44 PM Merolagani



असार १३ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।