प्रभु इन्स्योरेन्सको बोनस घोषणा

Jun 23, 2025 10:23 AM Merolagani



प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। यसका साथै इन्स्योरेन्सको बोनस शेयरको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ।

असार ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा बोनस शेयर वितरण गरिनेछ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।