यी हुन ५२ हप्ताको न्युन मूल्य वरिपरि कारोबार भइरहेका माइक्रोफाइनान्स

Jun 22, 2025 09:53 AM Merolagani



विगत लामो समयदेखि माइक्रोफाइनान्स समूह साइडवेजमा चलिरहेको छ । समूह उपसूचक ४६ सयदेखि ५६ सयको रेञ्जमा चलिरहेको छ । पछिल्लो पटक झन्डै ४९ सयको स्वीङ हाई बनाएको माइक्रोफाइनान्स समूह सूचक पछिल्लो पटक ४६७१.७४ मा बन्द भएको छ ।

बजेटले पुँजीबजारमा तत्काल असर पर्ने केही नीतिहरु नपरेपछि लगानीकर्ताहरु आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाइमा छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले मार्जिन कर्जाको जोखिमभारलाई १ सय २५ प्रतिशत १ सय प्रतिशतमा झारेपछि लगानीकर्तामा अझै आशा पलाएको छ ।

अब लगानीकर्ताले व्यक्तिगत लगानीकर्तालाई लगाएको १५ करोडको सीमा हट्ने, माइक्रोफाइनान्समा लगाएको १५ प्रतिशतसम्म मात्रै लाभांश दिन पाउने प्रावधान हट्ने र बैंक तथा वित्तीय संस्थालाई १ वर्ष भन्दा कमको अवधिको लागि पनि शेयर कारोबार गर्न दिने प्रावधान आउने आशा नयाँ गभर्नरबाट गर्ने गरेका छन् । गभर्नरको सार्वजनिक अभिव्यक्तिले मौद्रिक नीतिमार्फत शेयर बजार मैत्री केही न केही नयाँ नीति आउनेमा लगानीकर्ता आशावादी देखिएका छन् । बजार असार मसान्तको दबाबमा रहे पनि मसान्तको दबाब सकेपछि माथि नै जानेमा लगानीकर्ताहरु ढुक्क देखिन्छन् । यस्तो अवस्थामा बजारमा मूल्य उचालिसकेको भन्दा तुलनात्मक रुपमा मूल्य उचालिन बाँकी माइक्रोफाइनान्स र बीमा समूहको शेयरमा आँखा लगाउनु उपयुक्त हुने विज्ञहरु बताउँछन् । यहाँ ५२ हप्ताको न्यून मूल्यको नजिक रहेका २० र ५२ हप्ताको उच्च मूल्यको नजिक रहेको २० माइक्रोफाइनान्सको सूची दिने दिने कोशिस गरेका छौं ।

५२ हप्ताको न्यून मूल्यको नजिक नेस्डो समृद्धि

नेस्डो समृद्धि लघुवित्तले विगत १ वर्षमा २६ सय ४१ रुपैयाँ उच्च विन्दुसम्म कारोबार भएको थियो भने न्यून विन्दु १५ सय ४० रुपैयाँ रहेको छ । कम्पनीको शेयर अहिले ५२ हप्ताको न्यून मूल्य वरिपरि कारोबार भइरहेको छ ।

त्यस्तै साना किसान विकास लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, जीवन विकास लघुवित्त, एनआईसी एसिया लघुवित्त, सुर्योदय वोमी लघुवित्त, आरएसडीसी लघुवित्त, आशा लघुवित्त र स्वावलम्बन लघुवित्तको शेयर मूल्य ५२ हप्ताको न्यून मूल्यको वरिपरि रहेर कारोबार भइरहेको छ। साान किसान विकास लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य अहिले ५२ हप्ताको न्यून मूल्य भन्दा १ प्रतिशत पनि बढी छैन् । जीवन विकास, एनआइसी एसिया, इन्फिनिटी, सुर्योदय वोमी, आरएसडीसी, आशा र स्वावलम्बनको शेयर मूल्य ५२ हप्ताको न्यून मूल्यभन्दा १ देखि ३ प्रतिशतसम्म मात्रै बढी मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी युनिक नेपाल लघुवित्त, विजय लघुवित्त, फर्वार्ड माइक्रोफाइनान्स, निर्धन उत्थान, डिप्रोक्स, माहुली, नेरुडे मिर्मिरे, नेसनल, समता घरेलु र लक्ष्मी लघुवित्तको शेयर मूल्य ५२ हप्ताको न्यूनतम मूल्य भन्दा ३ देखि साढे ५ प्रतिशतमात्रै बढी मूल्यमा कारोबार भइरहेको छ। न्यून मूल्यमा कारोबार गर्ने लगानीकर्ताले यस्ता शेयरमा आँखा लगाउन सकिने विज्ञहरु बताउँछन् ।

५२ हप्ताको उच्च मूल्य नजिक उन्नति सहकार्य

बजार घट्दो ट्रेन्डमा रहे पनि कुनै कम्पनीको शेयर भने ५२ हप्ताको उच्च मूल्यको वरिपरि नै रहेर कारोबार भइरहेको छ। उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ५२ हजार २ सय ७६ रुपैयाँसम्मको उच्च मूल्यमा कारोबार भयो । अहिले कम्पनीको शेयर १८ सय ४ रुपैयाँमा भइरहेको छ।

सीवाईसीएल नेपाल लघुवित्त १ वर्षमा १९ सय ५८ रुपैयाँको उच्च मूल्यसम्म कारोबार भइरहेकोमा अहिले पनि १६ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यता ५२ हप्ताको उच्च मूल्यभन्दा आत्मनिर्भर लघुवित्त २२ दशलब ९२ प्रतिशत, महिला लघुवित्त २३ दशमलब ९२ प्रतिशत, ग्रामीण विकास लघुवित्त २५ दशलब ८६ प्रतिशत कालिका लघुवित्त २६ दशमलब ८३ प्रतिशत, ग्लोबल आईएमई लघुवित्त २९ दशलब १८ प्रतिशत, छिमेक लघुवित्त २९ दशलब ४७ प्रतिशत, मेरो माइक्रोफाइनान्स ३० दशमलब ८६ प्रतिशत र अभियान लघुवित्त ३१ दशलब ४५ प्रतिशत कम मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै एनएमबी माइक्रोफाइनान्स ३४.१९ प्रतिशत, फष्ट माइक्रोफाइनान्स ३४ दशमलब ८६ प्रतिशत, आरएसडीसी लघुवित्त, ३५ दशमलब ८१ प्रतिशत, लक्ष्मी लघुवित्त ३६ दशमलब ३० प्रतिशत, निर्धन उत्थान ३७ दशलमब ८२ प्रतिशत, डिप्रोक्स लघुवित्त ३८ दशमलब ७७ प्रतिशत, साना किसान विकास लघुवित्त ४० दशमलब ३० प्रतिशत, मिथिला लघुवित्त ४० दशलब ७० प्रतिशत, नेसनल लघुवित्त ४१ दशलब ०९ प्रतिशत र स्वाभिमान लघुवित्त ४३ दशमलब ७२ प्रतिशत ५२ हप्ताको उच्च मूल्यभन्दा न्यून मूल्यमा कारोबार भइरहेको छ ।

 

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।