दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

May 20, 2024 01:40 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावरको २ लाख ३१ हजार कित्ता बोनस सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई वितरण गरेको ५.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यसैगरी, समत घरेलु लघुवित्तको ५.४२ प्रतिशत अर्थात २ लाख १३ हजार ७२० कित्ता बोनस शेयर सूचीकृत भएको हो । दुवै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सक्ने छन् ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।