बिना धितो, छिटो छिटो, क्यूआर मर्चेन्टहरुलाई कुमारी फोन लोन सुबिधा

May 20, 2024 05:23 PM Merolagani



कुमारी बैंक लिमिटेड(KBL)ले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै दुई लाख रूपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ ।

यसबाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुदा वित्तिय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।




पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पुँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।