इरानका राष्ट्रपतिको मृत्युले कच्चा तेलको मूल्य, विश्व शेयर बजार र सुनकाे मूल्यमा कस्तो असर पर्न सक्छ?

May 20, 2024 06:39 PM Merolagani

इरानको उत्तरपश्चिममा भएको हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रायसी, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, पूर्वी अजरबैजानका गभर्नर मालेक रहमाती सहित नौ जनाको मृत्यु भएको छ । रुस-युक्रेन युद्ध र इजरायल-हमास द्वन्द्वको बीचमा इरानका राष्ट्रपतिको मृत्युले विश्वव्यापी रूपमा नै व्यापक प्रभाव पार्न सक्छ।

आइतबार बेलुकी भएकाे दुर्घटनामा परी राष्ट्रपति रैसीकाे मृत्यु हुँदा इरान, इजरायल, भारत र विश्वव्यापी राजनीतिमा ठूलो प्रभाव पार्न सक्ने अनुमान गरिएकाे छ।  इरानका राष्ट्रपतिको निधनले कच्चा तेल र सुनको मूल्य, भारत र विश्व राजनीतिमा कस्तो प्रभाव पार्न सक्छ त ?

कच्चा तेलको मूल्यमा प्रभाव

राष्ट्रपतिको मृत्यु पछि इरानको राजनीतिक अनिश्चितताले तेल बजारमा अस्थिरता ल्याउन सक्छ । लगानीकर्ताहरूले इरानको तेल उत्पादन र निर्यातमा सम्भावित प्रभावको मूल्याङ्कन गर्दा सावधानीपूर्वक व्यापार गर्ने हुँदा तेलकाे मूल्य अस्थिर रहन सक्छ । रैसीको हेलिकप्टर दुर्घटनापछि सोमबारकाे सुरूवाती एसियाली व्यापारमा कच्चा तेलको मूल्य बढेको थियो। इरान एक प्रमुख तेल उत्पादक रहेकाले इरानको तेल उत्पादनमा कुनै पनि अवरोधले विश्वव्यापी तेल आपूर्ति र मूल्यलाई असर गर्न सक्छ। विज्ञहरूका अनुसार अस्थिरताका बाबजुद पनि तेल बजारमा धेरै हदसम्म एक दायराभित्रै व्यापार भएको देखिन्छ । विश्व बजारमा सोमबार ब्रेन्ट क्रुड प्रति ब्यारेल ८३.७७ डलरमा कारोबार भएको देखिएको छ ।

सुनको मूल्य र शेयर बजारमा प्रभाव

भूराजनीतिक अनिश्चितताले प्रायः सुन जस्ता सुरक्षित धातुहरूको मूल्यलाई असर पर्दछ। यस्तो अवस्थामा लगानीकर्ताहरूले आफ्नो लगानीलाई सुरक्षित ठान्छन् र खरिद गर्न थाल्छन्। साेहि कारण सुनकाे मूल्यमा वृद्धि हुन सक्छ। रैसीको हेलिकप्टर दुर्घटनापछि सुनको भाउ बलियो भएर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । 

उनको मृत्युको खबरले विश्वव्यापी शेयर बजारमा पनि असर पार्न सक्छ । क्षेत्रीय स्थिरता र आर्थिक नीतिहरूमा सम्भावित प्रभावहरूलाई विचार गर्दै लगानीकर्ताहरूले काराेबार गर्दा शेयर बजारमा अस्थिरता देखिन सक्ने विज्ञहरूकाे अनुमान रहेकाे छ। भू–राजनीतिक मोर्चासँग सम्बन्धित यो घटनापछि एसियाली बजारमा स्थिर कारोबार भएको देखिन्छ । अहिले ओपेकसँग अतिरिक्त क्षमता रहेकाले यस्ताे भएकाे हुन सक्छ ।

इरानका राष्ट्रपतिको मृत्युको भारत हुँदै नेपालमा पनि प्रभाव

प्रधानमन्त्री नरेन्द्र मोदीले इस्लामिक गणतन्त्रका राष्ट्रपति डा. सैयद इब्राहिम रैसीको अप्रत्याशित निधनमा गहिरो शोक व्यक्त गरेका छन्। मोदीले भारत-इरान सम्बन्ध सुधार गर्न रैसीको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गर्दै इरानसँग भारतको ऐक्यबद्धता पुन पुष्टि गरे ।

हालसालै भारतले चाबहार बन्दरगाह सञ्चालनका लागि इरानसँग एउटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ। जुन मध्य एशियासँगको व्यापार बढाउन महत्वपूर्ण रणनीतिक पहल हो। सन् २००३ मा पहिलो पटक भारतले इरानलाई यस विषयमा प्रस्ताव गरेको थियो । तर संदिग्ध आणविक गतिविधिका कारण इरानमाथि लगाइएको अमेरिकी प्रतिबन्धका कारण यो सम्झौता लामो समयदेखि अवरुद्ध भएको थियो । अमेरिकाले लामो समयपछि भएको पछिल्लो सम्झौताको आलोचना गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले इरानसँगको यो सम्झौताको आलोचना गरेका थिए । तर, जवाफमा भारतका विदेशमन्त्री एस जयशंकरले बन्दरगाहको क्षेत्रीय लाभमा जोड दिएका थिए। उनले अमेरिकालाई यस विषयमा व्यापक दृष्टिकोण अपनाउन आग्रह गरेका छन्। उनले चाबहारको रणनीतिक महत्वका कारण अमेरिकाले विगतमा पनि यसको प्रशंसा गरेको बताए। राष्ट्रपति रैसीको असामयिक निधनले चाबहार बन्दरगाह परियोजना प्रभावित हुने सम्भावना रहेकाे छ । भारतले हालै यो बन्दरगाह सञ्चालनका लागि सम्झौता गरेको छ । यसबाहेक पेट्रोलियम पदार्थको मामिलामा भारत इरानको ठूलो खरिदकर्ता हो। यदि इरानका राष्ट्रपतिको निधनले कच्चा तेलको मूल्य र आपूर्तिमा असर परेको छ भने भारतलाई पनि असर पर्ने निश्चित छ ।

भारतलाई यसकाे असर पर्दा यसकाे प्रभाव नेपालमा स्वत पर्दछ । खासगरी, कच्चा तेलमा नेपाल भारतमाथि निर्भर रहेकाले पनि तेलकाे मूल्य बढ्दा नेपालमा पनि बढ्नेछ ।

विश्व राजनीतिमा उथलपुथल

इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटनाको खबरले विश्वभर हलचल मच्चाएको छ । दुर्घटनामा इरानका राष्ट्रपतिको मृत्यु भएपछि विज्ञहरूले यसलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गरिरहेका छन् । पछिल्ला वर्षहरूमा इरान, चीन र रुसको निकटताको अमेरिका विरोधी भएको छ।

यतिबेला विश्वका दुई महत्वपूर्ण क्षेत्रमा युद्ध जारी छ। अमेरिका र पश्चिमी मुलुकहरूले ती दुवै क्षेत्रमा इरानको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन् । इरानले युक्रेनसँगको युद्धमा रुसलाई ड्रोन उपलब्ध गराएको आरोप लगाएपनि इजरायलसँगको तनाव पनि सर्वविदितै छ । उनी इजरायल–हमास युद्धमा हमासको खुला समर्थक थिए। यस्तो अवस्थामा इरानका राष्ट्रपति रैसीको मृत्युपछि विश्व राजनीतिमा उथलपुथल आउन सक्ने विज्ञहरूले आंकलन गरेका छन् ।

एजेन्सीकाे सहयाेगमा ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।