नयाँ उचाइमा पुगेकाे सुन र चाँदीको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य

May 21, 2024 11:08 AM Merolagani




निरन्तर ऐतिहासिक उचाइ बनाउँदै बढेको सुन र चाँदीको मूल्यमा मंगलबार गिरावट भएको छ । पछिल्ला कारोबार दिनमा ऐतिहासिक उचाइ बनाउँदै बढेकाे सुन र चाँदीको मूल्य घटेकाे हो ।

मंगलबार सुन प्रतितोला एक हजार दुई रुपैयाँ र चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदीको तोलामा नै ५५ रुपैयाँले घटेको हो । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।