नयाँ उचाइमा पुगेकाे सुन र चाँदीको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य

May 21, 2024 11:08 AM Merolagani




निरन्तर ऐतिहासिक उचाइ बनाउँदै बढेको सुन र चाँदीको मूल्यमा मंगलबार गिरावट भएको छ । पछिल्ला कारोबार दिनमा ऐतिहासिक उचाइ बनाउँदै बढेकाे सुन र चाँदीको मूल्य घटेकाे हो ।

मंगलबार सुन प्रतितोला एक हजार दुई रुपैयाँ र चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदीको तोलामा नै ५५ रुपैयाँले घटेको हो । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।