पक्राउ पुर्जी जारी भएपछि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाले भने,'एक इन्च पनि पछि हट्ने छैन'

May 21, 2024 03:38 PM Merolagani



पक्राउ पुर्जी जारी भएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजिएको बताएका छन् । नागरिकताको विवादमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि सिराेहियाले मंगलबार एक विज्ञप्ती जारी गर्दै यस हर्कतले पटक्कै विचलित नहुने पनि उल्लेख गरेका छन् ।

उनले गृहमन्त्री रवि लामिछानेलाई इंकित गर्दै समाचार लेखेकै भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशाेध लिएर प्रहरी प्रशासनकाे शक्ति र जिममेवारी दुरूपयाेग गरेकाे आराेप लगाएका छन् ।

विज्ञप्तीमा लेखिएकाेछ,'सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताकाे पसिनाकाे कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारवाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमकाे जिम्मवारी हाे, कान्तिपुरकाे समाचार राेकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेरा विरूद्ध  प्रतिवाद आफै उजुरी गर्न लगाएर, साेधपुछ समेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएकाे हाे भन्नेमा शंका छैन ।'

'यी सबबीचमा पनि सहकारी ठगी लगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने बर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन,' विज्ञप्तीमा थप लेखिएकाे छ ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।