सन नेपाल लाइफ इन्स्योरेन्सको सााधारण सभाद्धारा लाभांश वितरण गर्ने प्रस्ताव पारित

May 22, 2024 06:25 PM Merolagani



सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड(SNLI)को सातौ बार्षिक सााधारण सभा सम्पन्न भएकाे छ । उक्त साधारण सभाले शेयरधनीहरूलाई २५.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

जेठ ९ गते बुधवार, अमृतभोग केटरर्स प्रा.लि.,कालिकास्थान, काठमाडाैं सम्पन्न भएको उक्त साधारण सभाले सभाले २३.८० प्रतिशत बोनस शेयर र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।

इन्स्याेरेन्सले आर्थिक बर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम तीन अर्ब २० कराेड रूपैयाँको २३.८० प्रतिशतले हुन आउने रकम ७६ कराेड १६ लाख रूपैयाँ बराबरको बोनश शेयर र उक्त वोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने रकम ४ कराेड ८४ हजार २१० रूपैयाँ नगद लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

यस्तै, बोनस शेयर जारी गर्दा चुक्ता पुँजी ३ अर्ब ९६ कराेड १६ लाख रूपैयाँ कायम हुने र अपुग पुँजी कायम गर्न उक्त पुँजीको २७ प्रतिशत अर्थात (१ः०.२७) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएकाे छ । 

यसका साथै, सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ (एक) जना सञ्चालक स्नेहा शर्मा लगायतको निर्वाचन र कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक बर्ष २०८०/८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्तावहरु पनि पारित भएकाे छ ।

यसैगरी, उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रतिशत हुने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० (NFRS बमोजिम) को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनूसूचिहरु सहितको वित्तिय विवरण, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण पारित भएकाे छ ।

यसैगरी, साधारण सभाद्वारा वोनस शेयर वितरण र हकप्रद शेयर निश्कासन पश्चात अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पारित गरिएको छ ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।