उनीहरूको एउटा मात्र उद्देश्य बजार बढोस भन्ने मात्र देखिन्छ । बजार बढेपछि के हुन्छ ? यसबारेमा उनीहरुलाई चासो देखिदैंन । सरसर्ती हेर्दा पुँजी बजारका लगानीकर्ताका अगुवा हौं, नेताहरु हौं भनिएकाहरुमै पूँजीबजार प्रतिको सोच र बुझाईमा ज्ञानको कमी देखिन्छ ।
जस्तो कि लगानीकर्ताका विभिन्न संगठनले पुँजीगत लाभ करलाई अन्तिम कर बनाउने र लाभकर घटाउने दुई बुँदे माग राखेको देखिन्छ । पहिलो माग ठिकै हो, त्यो आवश्यक नै छ । तर, दोस्रो माग ? त्यो आत्मकेन्द्रित देखिन्छ । नेपालको पूँजी बजारको समस्या लाभ कर वा ब्रोकर कमिसन होइन । यो आम लगानीकर्ताको चासोको विषय होइन । त्यसैले यसलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्नु कुनै जरुरी छैन ।
१. वर्षाैदेखि अनैतिक रूपमा असुल्दै गरिएको बोनस सेयरमा लगाइएको लाभकर हटाउनु पर्छ भनेर अडिग हुनु पर्नेमा नेता भनिएकाहरुले यस विषयलाई त्यति गंभीरताका साथ लिएको पाइदैन । किन ?
२. दुई प्रकारको कर long term र short term लाई खारेज गर्न भन्नु पर्ने हो । तथा Long term CGT लाई खारेज गरी शेयर बिक्री गर्दा मात्र transaction tax लगाउ भन्नु पर्ने हो । तर, यो भन्न किन सकिरहेका छैनन् ?
३.समग्र अर्थतन्त्रलाई उकास्नको लागि Corporate tax को दरलाई १५ प्रतिशतमा झार्न सुझाव दिनु पर्नेमा किन मौन छन् ?
४.धितोपत्र बोर्डलाई पूर्णतयाः स्वायत्त संस्था बनाउ तथा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भाई भतिजा र कार्यकर्ता होइन एक्सपर्टलाई नियुक्त गर भन्दै आवाज उठाउन डराउनुको कारण के होला ?
५. लगानीकर्ताको लागि विभिन्न Financial instruments जस्तै Derivatives, Intraday trades, Commodity market र अन्य उपकरण introduce गर्नको लागि दवाव दिन किन सकिरहेको छैनन् ?
६. बजार संचालन सम्बन्धि ससाना खालका सुधारमा जोड गर्नुपर्ने हो ।समग्रमा देशको आर्थिक अवस्था जग नबनी अर्थतन्त्रको एक मापक शेयर बजार बढ्दैन भन्ने बुझनु पर्यो । नेतृत्व लिएपछि आफू बजारलाई कृत्रिम बढाएर नयाँलाई फसाउने चाल रच्नु त भएन नि । कि सो ?