करिब साढे १२ लाख रुपैयाँ नोक्सानीमा चिरख्वा हाइड्रोपावर

May 27, 2024 09:48 AM Merolagani



चिरख्वा हाइड्रोपावर (CKHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १२ लाख ४१ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ। दोस्रो त्रेमासको अन्त्यसम्ममा कम्पनी ८ लाख ७९ हजार रुपैयाँ नोक्सानमा थियो।

हालसम्मकम्पनीले विद्युत् उत्पादन शुरु भएको छैन त्यसैले कम्पनीको आम्दानीको खासै कुनै स्रोत नभएका कारण नोक्सानीमा रहेको हो। ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ४७ लाख ५ हजार रुपैयाँ ऋणात्मक छ। त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ३१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ८२ पैसा छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।