मेन्छियाम हाइड्रोपावरको नाफा ऋणात्मक

May 14, 2025 02:41 PM Merolagani



मेन्छियाम हाइड्रोपावर लिमिटेड (MCHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी १८ करोड ३२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६२ लाख ६५ हजार रुपैयाँ नाफामा थियो।

सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत २९ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ। बीमाबाट भएको आम्दानी १६ करोड ९ लाख रुपैयाँबाट घटेर १० करोड १८ लाख रुपैयाँमा झरेसँगै कम्पनीले नोक्सानी ब्यहोर्नु परेको हो।

५४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ४६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १४ रुपैयाँ ३२ पैसा रहेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।