चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी १८ करोड ३२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६२ लाख ६५ हजार रुपैयाँ नाफामा थियो।
सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत २९ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ। बीमाबाट भएको आम्दानी १६ करोड ९ लाख रुपैयाँबाट घटेर १० करोड १८ लाख रुपैयाँमा झरेसँगै कम्पनीले नोक्सानी ब्यहोर्नु परेको हो।
५४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ४६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १४ रुपैयाँ ३२ पैसा रहेको छ।