विद्युत बिक्री आम्दानी बढेपछि रिभर फल्स पावरको नाफा धनात्मक

May 14, 2025 01:57 PM Merolagani



रिभर फल्स पावर लिमिटेड (RFPL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ऋणात्मक रहेको कम्पनीको नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले १४ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ५ करोड ४१ लाख रुपैयाँ ऋणात्मक थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा धनात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २९.९० प्रतिशत बढेर १८ करोड ५५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ३६.९१ प्रतिशत बढेको छ भने अन्य आम्दानी ६५.३२ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ७.७६ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५८ पैसा रहेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४० लाख ३१ हजार रुपैयाँ सञ्चित छ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।