पूँजी बजारका लगानीकर्ताको लगानी र हित सँरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत सुद्धिकरण गरिने, नेप्सेको संरचनागत सुधार गरिने

May 28, 2024 05:04 PM Merolagani



बजेटले पूँजी बजारका लगानीकर्ताको लगानी र हित सँरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत सुद्धिकरण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले नेप्से र सिडिएसको संरचनागत सुधार गरिने बताएका छन् भने धितोपत्र बोर्ड र बीममा प्राधिकरणको संस्थागत क्षमता सुधार गरिने बताएका छन्।

यस्तै बस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने बजेटमा उल्लेख छ।

निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीहरुलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।