पूँजी बजारका लगानीकर्ताको लगानी र हित सँरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत सुद्धिकरण गरिने, नेप्सेको संरचनागत सुधार गरिने

May 28, 2024 05:04 PM Merolagani



बजेटले पूँजी बजारका लगानीकर्ताको लगानी र हित सँरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत सुद्धिकरण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले नेप्से र सिडिएसको संरचनागत सुधार गरिने बताएका छन् भने धितोपत्र बोर्ड र बीममा प्राधिकरणको संस्थागत क्षमता सुधार गरिने बताएका छन्।

यस्तै बस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने बजेटमा उल्लेख छ।

निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीहरुलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।