बैशाखसम्म जीवन बीमाले गरे १ सय २१ अर्ब ३५ करोडको व्यापार, बीमा शुल्क संकलनमा नेपाल लाइफ नै अगाडि

May 31, 2024 05:58 AM MeroLagani



नेपाल बीमा प्राधिकरणले गत वैशाख महिनाको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले बैशाखसम्म १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

चालु आवको बैशाख महिनासम्म सबैभन्दा बढी बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स नै अगाडि देखिएको छ । नेपाल लाइफले बैशाख महिनासम्म ३२ अर्ब ३८ करोड १६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ । नेपाल लाइफलाई पछ्याउँदै नेसनल लाइफले १४ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ ।

तेस्रोमा भने लाइफ इन्स्योरेन्स कर्पोरेसन परेको छ । कम्पनीले १४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ । बैशाखसम्म सबैभन्दा कम बीमा शुल्क संकलन गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेकाे छ । कम्पनीले ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ । कुल बीमा संकलनमा सबैभन्दा धेरै वृद्धिदर प्रभु महालक्ष्मी इन्स्योरेन्सको देखिएको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीको वृद्धिदर सबैभन्दा कम देखिएको छ ।

पहिलो बीमा प्रिमियम संकलनमा पनि बैशाख महिनासम्ममा नेपाल लाइफ नै अगाडि देखिएको छ । नेपाल लाइफले बैशाख महिनासम्म प्रथम प्रिमियमबापत् ५ अर्ब ४२ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ । नेसनल लाइफ इन्स्योरेन्स प्रथम प्रिमियम संकलनमा दोस्रो, हिमालयन लाइफ तेस्रो, सूर्य ज्योति लाइफ चौथा तथा लाइफ इन्स्योरेन्स कर्पोरेसन पाँचौमा परेका छन् ।

चैत्र महिनाको तुलनामा नयाँ व्यवसायमा विस्तारमा भने नेसनल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ भने दोस्रोमा प्रभु महालक्ष्मी लाइफ तथा तेस्रो रिलायवल नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ । चौथोमा सूर्य ज्योति लाइफ इन्स्योरेन्स र पाँचौमा आइएमई लाइफले चैत्र महिनाको तुलनामा धेरै व्यवसाय विस्तार गरेका छन् ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।