लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारण सभा

Jun 05, 2024 09:24 AM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (LICN) ले असार १३ गते, बिहीबार, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ः४५ बजे शुरु हुनेछ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ३२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।