जसमध्ये १५ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ६.०५२६४ प्रतिशत नगद लाभांश रहेको छ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १९ गते, सोमबार, द प्लाजा, पुल्चोक, ललितपुरमा ३५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।
सो सभाले १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सुवास आचार्यलाई अख्तियारी दिन सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने,लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिको पुर्नगठनलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ५ गतेदेखि १९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागित जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।