भाेटेकाेशी रसुवा बाढीकाे कारण टानको ४८औं वार्षिक साधारण सभा स्थगित

Sep 09, 2026 05:56 PM Merolagani



ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान) को ४८औं वार्षिक साधारण सभा स्थगित भएको छ। यसअघि टान कार्यसमितिको निर्णयअनुसार आगामी असोज ८ गते साधारण सभा आयोजना गर्ने तय गरिएको थियो।

भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ तथा गोरखा जिल्लाका पर्यटकीय सम्पदा र भौतिक सम्पत्तिमा गम्भीर क्षति पुगेको छ। साथै उक्त घटनामा सयौँको संख्यामा विदेशी पर्यटक र सहयोगी टोलीका सदस्यहरूले ज्यान गुमाउनुपरेको यथार्थलाई ध्यानमा राख्दै टानको कार्यसमितिले असोज ८ गतेका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको हो।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाका अनुसार संघको विधानमा व्यवस्था भएबमोजिम आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अर्थात् आगामी मंसिर वा पुस महिनाको पहिलो हप्ताभित्रै वार्षिक साधारण सभा आयोजना गरिनेछ। नयाँ मिति, स्थान र एजेन्डाबारे सम्पूर्ण सदस्यहरूलाई पछि जानकारी गराइनेछ। यससम्बन्धी औपचारिक जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई समेत दिइसकिएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।