गरिमा विकास बैंककाे २० प्रतिशत लाभांश प्रस्ताव

Sep 04, 2026 02:24 PM Merolagani



गरिमा विकास बैंकले कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको करसहित १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

बैंकले यही भदौ १८ गते बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनी उक्त लाभांश प्रस्ताव गरेको बताएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।