प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

Jun 05, 2024 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.२२ अंक बढेर २०८५.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.४३ अंक बढेर २०८७.७३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५७ स्टकको ७२ पटकको कारोबारमा १० लाख ४४ हजार ९७६ रुपैयाँबराबरको २ हजार २३७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।