बजार पुँजीकरण तथा कुल ग्राहस्थ उत्पादनः सेयर बजार मूल्यांकनमा पार्ने प्रभाव

Jun 08, 2024 09:55 AM merolagani

कमल अधिकारी

सेयर बजार मूल्यांकन गर्दा दुई मुख्य चरहरूको रूपमा बजार पूँजीकरण र कुल ग्राहस्थ उत्पादन (GDP) लाई लिने गरिन्छ ।

यी चरहरूले सेयर बजारमा रहेका कम्पनीहरूका साथै अर्थतन्त्रको आकार, अवस्था, त्यसमा हुन सक्ने सम्भावित प्रभाव र गतिविधीहरूको समेत सुचकको रूपमा कार्य गर्दछन । 

१. बजार पुँजीकरण के हो ? सेयर बजारमा के महत्व राख्दछ ? 

बजार पुँजीकरण जसलाई मार्केट क्याप पनि भन्ने गरिन्छ । यो धितोपत्र बजारमा सुचिकृत भई सार्वजनिक रूपमा कारोवार गरिने कम्पनीहरूको कुल मूल्य निर्धारण गर्न प्रयोग गरिने एउटा उपकरण हो। यो कुनै पनि कम्पनीको हालको बजार मूल्यलाई तत्काल कायम रहेको सेयर संख्याले गुणन गरी गणना गरिन्छ । बजार पुँजीकरणले कम्पनीको मूल्यको बारेमा बजार Perception लाई प्रतिनिधित्व गर्नुका साथै यसले कम्पनीको भविष्यमा हुनसक्ने वृद्धि र नाफाको सम्बन्धमा लगानीकर्ताहरूको अपेक्षालाई समेत प्रतिबिम्ब गर्दछ । यसलाई थप प्रष्ट पार्नको लागी नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (NTC) लाई उदाहरणका रूपमा लिऔं । मिति २०८० चैत्र मसान्त सम्म नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको बजार पुँजीकरण रू. १.५ खर्ब भन्दा बढी रहेको छ । जसले नेपाल दुरसञ्चार कम्पनी लिमिटेडलाई नेपालकै सबैभन्दा मूल्यवान कम्पनीहरूको सुचीहरू मध्ये एक नम्बरमा उभ्याएको छ । त्यसैले नेपाल स्टक एक्स्चेञ्जमा यसको यति ठुलो बजार पुँजीकरण हुनुले के बुझाउदछ भने नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले उच्च नाफा कमाउने र नेपालको सेयर बजारमा यसले प्रतिस्पर्धात्मक क्षमता कायम राख्न सक्ने विश्वास लगानीकर्तालाई दिलाउन सफल भएको देखिन्छ । 

२. कुल ग्राहस्थं उत्पादन (GDP) : अर्थतन्त्रको उत्पादत्वको एक चित्रण 

कुल ग्राहस्थ उत्पादन अर्थतन्त्रको अवस्थालाई नाप्न प्रयोग गरिने एक आर्थिक सुचक हो, जसले एक निश्चित समय अवधीमा कुनै पनि मुलुकको सिमाना मित्र उत्पादित सम्पूर्ण वस्तु तथा सेवाहरूको कुल मूल्यलाई मापन गर्दछ । यसले अर्थतन्त्रका समग्र Performance र Productivity को बारेमा महत्वपूर्ण जानकारी प्रदान गर्दछ । विभिन्न देशहरूको तथा क्षेत्रहरूको आर्थिक अवस्थाको डुलना गर्न र रणनीतीक निर्णय गर्न प्रायः कुल ग्राहस्थ उत्पादनलाई बेञ्चमार्कको रूपमा लिने गरिन्छ । उदाहरणको लागी सयुक्त राज्य अमेरिकाले आफ्नो बलियो अर्थतन्त्रका साथै लगातार विश्वको सबैभन्दा चुलो कुल ग्राहस्थ उत्पादन भएको मुलुकको रूपमा प्रथम स्थान कायम गरिरहेको छ। सन् २०२१ मा यसको लगभग २३.३२ टलियन अमेरिकी डलरको कुल ग्राहस्थ उत्पादन रहेको विभिन्न तथ्यहरू र प्रतिवेदनहरूले देखाउँदछ । यो तथ्यांकले विश्वव्यापी वित्तीय बजार र उत्पादनमा यसको प्रभाव ठुलो रहेको संकेत गर्दछ । 

३. बजार पूँजीकरण र कुल ग्राहस्थ उत्पादन बीचको सम्बन्धः 

बजार पूँजीकरण (Market Capitalization) र कुल ग्राहस्थ उत्पादन (GDP) बीचको सम्बन्ध अर्थशास्त्रीहरू, लगानीकर्ताहरू तथा वित्तीय विश्लेषकहरूको लागी अध्ययनको एउटा सम्बन्ध अक्षेत्र हो । बजार पुँजीकरणले कुनै पनि कम्पनीको तत्काल कायम रहेको सेयरको कुल चाखलाख्यो क्षेत्र प्रतिनिधित्व गर्दछ जबकी कुल ग्राहस्थ उत्पादनले कुनै निश्चित समय सिमा भित्र उत्पादित बस्तु तथा सेवाको मूल्य मापन गर्दछ । यी दुबै चरहरूको संयुक्त अध्ययनले सेयर बजार मूल्यांकन र समग्र आर्थिक स्वस्थताको महत्वपूर्ण सुचना प्राप्त गर्न सकिन्छ । 

बजार पूँजीकरणले लगानीकर्ताहरूको मनोभावको सुचकको रूपमा साथै कम्पनीको भविष्यको वृद्धिको सम्भावनालाई वर्तमानमा नजर अन्दाज गर्न सहयोग गर्दछ । यसले कम्पनीको बजार हिस्साको वृद्धिदर र नाफा आर्जन गर्ने क्षमतालाई समेत प्रतिबिम्ब गर्दछ । घट्दो मार्केट क्यापले कम्पनीको Performance र नकारात्मक बजार Sentiment को धारणा व्यक्त गर्दछ । तसर्थ बजार पुँजीकरणले सेयर बजारको समग्र दिशामा महत्वपूर्ण दृष्टि प्रदान गर्दछ । 

कुल ग्राहस्थ उत्पादन देशको आर्थिक अवस्थाको मापन गर्न व्यापक रूपमा प्रयोग गरिने औजार हो। यसले निश्चित समय अवधी भित्र कुनै पनि अर्थतन्त्र भित्र भएका सबै आर्थिक गतिविधीहरूलाई समेट्दछ र समग्र अर्थतन्त्रको स्वस्थता र वृद्धिदरको चित्रण गर्दछ । कुल ग्राहस्थ उत्पादन प्राय अर्थव्यवस्थाको क्षमता मापन गर्न प्रयोग गरिन्छ र यसले लगानीकर्ताहरूको Sentiment र बजारको व्यवहारलाई समेत प्रभाव पार्दछ । उच्च GDP वृद्धीदरले सामान्यतया बढ्‌दो उपभोग, खर्च, व्यापार, लगानी र समग्र बजारलाई आशावादी देखाउदछ । यसको विपरित न्युन GDP वृद्धिदरले लगानीकर्ताहरूको आत्मविश्वास घटाउने र बजार प्रति अधिक सतर्कता हुनुपर्ने दृष्टिकोण सिर्जना गर्दछ । 

बजार पुँजीकरण र कुल ग्राहस्थ उत्पादन फरक फरक क्षेत्रहरूको मापन गर्ने चरहरू भएता पनि यिनीहरू एक आपसमा जोडिएका अन्तर सम्बन्धित र अन्तर प्रभावित विषयवस्तुहरू हुन । यी दुई चरहरू बीचको अन्तरसम्बन्ध अध्ययनले लगानीकर्ताहरूलाई बृहत आर्थिक परिदृश्यको मूल्यांकन गर्न तथा विभिन्न विषयहरूमा निर्णय लिनको लागि समेत मद्दत गर्दछ । यि दुई आर्थिक चरहरूको सम्बन्धलाई निम्न रूपमा व्याख्या गर्न सकिन्छ । 

३.१ बजार पुँजीकरण-कुल ग्राहस्थ उत्पादन अनुपात (Market Cap to GDP Ratio) 

कुनै पनि देशको सेयर बजारको कुल बजार पुँजीकरणलाई त्यस देशको कुल ग्राहस्थ उत्पादनसँग तुलना गरी समग्र अर्थव्यवस्था मित्र सेयर बजारको सापेक्ष आकार र महत्वको बारेमा जानकारी लिन सकिन्छ । उदाहरणको लागि, यदि कुनै पनि देशको सेयर बजारसँग देशको कुल ग्राहस्थ उत्पादन भन्दा उल्लेखनीय रूपमा ठुलो बजार पुँजीकरण छ भने यसले सेयर बजार अधिक मूल्यांकित (Overvalued) वा Bubble छ भन्ने देखाउँदछ र यस्तो सेयर बजार जुनसुकै बैखत Downfall हुन सक्ने अवस्थाको चित्रण गर्दछ । यो अनुपात कुनै पनि देशको कुल बजार पुँजीकरणलाई उक्त देशको कुल ग्राहस्थ उत्पादनले भाग गरेर निकालिन्छ । 

३.२ कुल ग्राहस्थ उत्पादन वृद्धिसँगको सहसम्बन्ध (Correlation With GDP Growth) 

बजार पूँजीकरण र कुल ग्राहस्थ उत्पादनको वृद्धि बीच सकारात्मक सह सम्बन्ध (Positive Correlation) हुन्छ । जब कुनै पनि मुलुकको अर्थतन्त्र फस्टाउँदै जान्छ र तीव्र रूपमा आर्थिक वृद्धि भईरहेको छ भने त्यस अर्थतन्त्र भित्रका कम्पनीहरूले अधिक नाफा कमाउने सम्भावना रहन्छ । फलस्वरूप बजार पुँजीकरण बढ्न थाल्छ । तर अर्को सम्झिनुपर्ने कुरा यस्तो सह सम्बन्ध सधै तत्काल र प्रत्यक्ष हुन्छ भन्ने हुदैन । कुल ग्राहस्थ उत्पादनका साथसाथै सेयर बजारलाई अन्य तत्वहरूले समेत प्रभाव पारिरहेको हुन्छ । 

३.३ ऐतिहासिक घटनाहरूको अध्ययन (Historical Case Study) 

बजार पुँजीकरण र कुल ग्राहस्थ उत्पादन बीचको अनतरसम्बन्धको बारेमा थप स्पष्ट हुनको लागि विभिन्न ऐतिहासिक घटनाहरूको अध्ययन गर्न जरूरी हुन्छ । विगतमा घटेका घटनाहरूको प्रवृत्ति र ढाँचाहरूको विश्लेषण गरी हामीले सेयर बजारलाई प्रभाव पार्ने कारक तत्वहरू र आगामी दिनको लागी दुरदृष्टी प्राप्त गरी लगानी गर्नका लागी समेत ऐतिहासिक घटनाहरूको अध्ययन गर्न जरूरी हुन्छ । इतिहासमा केहि यस्ता घटनाहरू छन जसले बजार पुँजीकरण र कुल ग्राहस्र्थ उत्पादन बीचको अन्तरसम्बन्धलाई स्पष्ट पार्न सहजता ल्याउँदछन जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ । 

अ) Dot-Com Bubble: यस घटनालाई स्टक मार्केटको सबैभन्दा बढी सम्झनलायक घटनाको रूपमा लिइन्छ । सन् १९९० को दशकमा इन्टरनेटमा आधारित कम्पनीहरूको द्रुत वृद्धिले विभिन्न मुलुकको कुल ग्राहस्थ उत्पादनका साथै सेयरको मूल्यलाई समेत अचकाली रूपमा बढायो । लगानीकर्ताहरू अत्याधिक उत्साहित भए र कम्पनीहरूको अन्तरनिहित आधारभूत विश्लेषण समेत नगरी प्राविधिक क्षेत्रका कम्पनीहरूमा आँखा चिम्लेर पैसा खन्याएका थिए । केहि समयमै यो क्षेत्र यति Bubble भईसकेको थियो त्यो उत्साह तुरून्तै फुट्‌नेवाला थियो र अन्ततः Burst भई बजारमा करेक्सन आएको थियो। यो घटनाले Speculative Bubble बाट बच्न र लगानी निर्णय गर्न ऐतिहासिक घटनाको अध्ययनको महत्वलाई प्रकाश पार्दछ । 

आ) विश्वव्यापी आर्थिक मन्दी (Global Financial Crisis): कुल ग्राहस्थ उत्पादन र बजार पुँजीकरण बीचको अन्तरसम्बन्ध दर्शाउने अर्को महत्वपूर्ण घटनाको रूपमा सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीलाई लिन सकिन्छ । यो आर्थिक मन्दीले विश्वका अधिकांश मुलुकहरूको कुल ग्राहस्थ उत्पादन नराम्रोसँग प्रभावित भई स्टक मार्केटको मूल्यमा समेत तीव्र गिरावट ल्याएको थियो । जब अर्थतन्त्र सुधार हुँदै कुल ग्राहस्थ उत्पादन बृदि हुँदै गयो तब विस्तारै स्टक मार्केटले पनि रिकभर लिएको देखिन्छ।

४. सेबर बजार मूल्यांकनलाई प्रभाव पार्ने तत्त्वहरु 

सेयर बजार मूल्यांकन आर्थिक सुचकहरू, कम्पनीको Performance, उद्योगको वा कुनै पसे सम्बन्धित क्षेत्रको प्रवृत्ती, लगानीकर्ताहरूको Sentiment, सरकारी नीतिहरू लगायत अन्य विभिन तत्वहरूले प्रभाव पार्दछन । लगानीकर्ताहरूले लगानी सम्बन्धी निर्णयहरू गर्न यी कारक तत्वहरूका प्रभाव विश्लेषण गरी स्टक मार्केट मूल्यांकनको गतिशिलतालाई राम्रोसँग बुझ्न र सम्भावित लगानीक अवसरहरू पहिचान गरी लाभ लिन मद्दत पुग्दछ । स्टक मार्केट मूल्यांकनलाई प्रभाव पार्ने कोई कारक तत्वहरूलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ । 

४.१ आर्थिक सुचकहरू 

सेयर बजारलाई प्रभाव पार्ने तत्वहरू मध्ये मुख्य कारक तत्त्व समग्र अर्थतन्त्रको स्वस्थता हो।। विभिन्न आर्थिक सुचकहरू जस्तै कुल ग्राहस्थ उत्पादन, मुद्रास्फिति, ब्याजदर र बेरोजगारीडा हरूले स्टकको मूल्य निर्धारण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । उदाहरणको लागी तीब रूपमा कुल ग्राहस्थ उत्पादन वृद्धिदरले फस्टाउने अर्थतन्त्रलाई संकेत गर्दछ जसले उपभोक्ता खर्च र व्यापारिक नाफा बढाउन सक्दछ अन्ततः स्टकको मूल्यलाई उच्च बनाउन सक्दछ। अर्को तर्फ उच्च मुद्रास्फिती तथा बढ्‌दो ब्याजदरले स्टक बजार मूल्यांनलाई नकारात्मक असा पार्न सक्दछ किनभने यसले ऋणको लागत बढाउदछ र उपभोक्ताको क्रयशक्ति घटाउँदछ । 

४.२ कम्पनीको आय तथा कार्यअवस्था 

कम्पनीहरूको Financial Performance सेयर बजार मूल्यांकनलाई प्रभाव पार्ने अर्को महत्वपूर्ण कारक तत्व हो । लगानीकर्ताहरूले कम्पनीको भविष्यको नाफादायकता र प्रगतीलाई नियाल्न अनुमान गर्न आय विवरणहरू, आम्दानीको वृद्धिदर, नाफा लगायत अन्य वित्तीय सुचकहरूलाई नजिकबाट हेरिरहेका हुन्छन । लगानीकर्ताहरूको अपेक्षाकृत Performance भन्दा राम्र Performance भएमा कम्पनीको मूल्यमा वृद्धि ल्याउदछ भने यसको विपरित अपेक्षाकृत नतिजा नआएमा मूल्यमा गिरावट आउँदछ । उदाहरणको लागि यदि कुनै पनि कम्पनीले लगातार तीब्र रुपमा आम्दानीमा वृद्धि र बढ्‌दो मुनाफालाई देखाउदछ भने लगानीकर्ताहरुलाई भविष्यको प्रतिफल उत्पन्न गर्ने क्षमतामा आत्मविश्वास बढ्दछ, जसले गर्दा स्टकको मूल्य बढ्न सक्दछ । 

४.३ उद्योग र क्षेत्र प्रवृत्ति 

विशिष्ट उद्योग वा क्षेत्रहरूको Performance ले स्टक बजार मूल्यांकनलाई उल्लेखनीय रूपमा प्रभाव पार्न सक्दछ । लगानीकर्ताहरूले प्रायः अर्थतन्त्रमा विभिन्न क्षेत्रहरूको विस्तारक सम्भावना मापन गर्न उद्योग प्रवृत्ती, प्रविधीको परिवर्तन नियामकीय परिवर्तन र उपभोक्ताहरूक प्राथमिकताहरूलाई विश्लेषण गर्दछन । उदाहरणको लागी कोभिड-१९ को महामारीको समयन प्राविधिक क्षेत्रका अनलाईन प्लेटफर्म कम्पनीहरू र इ कमर्स प्लेटफर्महरूले भौतिक उपस्थिती बिना नै विभिन्न छलफल, तालिम र किनमेल गर्न सकिने भएकाले यि क्षेत्रको वृद्धिको अनुभव गरे र फलस्वरूप यि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा उछाल आएको थियो । जसले भविष्यको आयको सम्भावनाहरू प्रति सकारात्मक Sentiment लाई प्रतिबिम्ब गर्दछ । 

४.४ लगानीकर्ताहरूको मनोवृत्ति र बजारको मनोविज्ञान 

लगानीकर्ताहरूको मनोवृत्ती र बजार मनोविज्ञान जस्ता मनोबैज्ञानिक कारक तत्वहरूले पनि बजारको मूल्यांकनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । लगानीकर्ताहरूको मनोवृत्तीले अर्थतन्त्र र वित्तीय बजार प्रति बजारमा सहभागी गर्नेहरूको समग्र मनोवृत्ती र धारणालाई जनाउदछ । सकारात्मक मनोवृत्ती (Positive Sentiment) ले सकारात्मक बजार अवस्था सिर्जना गर्दछ तसर्थ लगानीकर्ताहरू कम्पनीको स्टकलाई उच्च मूल्य तिर्न ईच्छुक हुन्छन । त्यस्तै नकरात्मक बजार मनोवृत्ती (Negative Sentiment) ले स्टक बजारमा मन्दि निम्त्याउन सक्दछ जसले बजारमा गिरावट ल्याउन सक्दछ । उदाहरणको लागी वित्तीय संकटको समयमा डर र आतंकले कम्पनीहरूको अन्तरनिहित आधारभूत पक्ष बलियो भएता पनि स्टकको मूल्य घट्न सक्दछ । 

४.५ सरकारी नीति तथा भू-राजननीतीक घटनाहरू 

सरकारी नीति र भू राजनीतिक घटनाहरूले सेयर बजार मूल्यांकनमा महत्वपूर्ण प्रभावहरू पार्न सक्दछ । कर, कानुन, व्यापार नीति र नियमहरूमा भएको परिवर्तनले कम्पनीहरूको नाफामा प्रत्यक्ष असर पार्न सक्दछ र लगानीकर्ताहरूको मनोवृत्ती (Sentiment) लाई प्रभाव पार्न सक्दछ । भू राजनीतिक घटनाक्रम जस्तैः युद्ध, राजनितिक अस्थिरता, वा अन्तर्राष्ट्रिय द्धन्द्धहरूले पनि बजारमा अनिश्चितता सिर्जना गर्न सक्दछ । जसले सेयर बजारमा अस्थिरता बढाउन र सम्भावित रूपमा सेयरको मूल्य घटाउन सक्दछ । उदाहणको लागी कुनै पनि देशहरू बीच शूल्क तथा व्यापार विवादहरू लागु गर्नको लागी आपूर्ती शृङ्खला (Supply Chain) मा बाधा पुगी बहुराष्ट्रिय कम्पनीहरूको नाफामा नकारात्मक असर पर्न सक्छ र फलस्वरूप सेयर बजार मूल्यांकनमा असर पुग्दछ । 

५. सेयर बजारको प्रदर्शन (Performance) मा बजार पुँजीकरणको भूमिका 

बजार पुँजीकरण वा मार्केट क्याप सेयर बजार मूल्यांकनमा एक महत्वपूर्ण चर हो जसले कम्पनीको स्टकको प्रदर्शन निर्धारण गर्न भूमिका खेल्ने गर्दछ । लगानीकर्ताहरूले कुनै पनि कम्पनीको आकार, वृद्धिको सम्भावना, र समग्र बजार मूल्यमा नजर अन्दाज गर्न पनि बजार पुँजीकरण बुझ्नु आवश्यक छ । सेयर बजारको प्रदर्शनमा बजार पुँजीकरणको भूमिकाहरूलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ । 

  • बजार पुँजीकरणले कम्पनीको आकार र बजार मूल्यको सुचकको रूपमा काम गर्दछ । सामान्यतया ठुलो मार्केट क्याप भएको कम्पनीहरूलाई साना क्याप वा मध्यम क्याप कम्पनीहरूको तुलनामा बढी स्थिर र कम उत्तर चढाव हुने कम्पनी मानिन्छ । नेपालको सन्दर्भमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, नबील बैंक लिमिटेड, नागरिक लगानी कोष, जस्ता खर्बो रूपैयाँको मार्केट क्याप रहेको छ । यिनीहरूको मूल्यमा थोरै प्रभावित हुँदा पनि बजार सुचकांकमा समेत महत्वपूर्ण प्रमा परेको हुन्छ । 
  • मार्केट क्यापले लगानी रणनीतिहरूलाई समेत प्रभाव पार्दछ । लगानीकर्ताहरूले आपल पोर्टफोलियो विविधीकरण गर्न र जोखिम व्यवस्थापन गर्न प्राय स्टकहरूलाई विभिन्न मार्कर क्यापहरूमा वर्गीकृत गर्दछन । जस्तैः ठूलो मार्केट क्याप भएका कम्पनीहरू, मध्यम मार्केट बचा क्यापार कम्पनीहरू र साना मार्केट क्याप भएका कम्पनीहरू । ठुला मार्केट क्याप भएका कम्पनीहरू बढी स्थिर र अपेक्षाकृत लाभांश वितरण गर्न सक्ने भएकाले यस्ता कम्पनीहरूमा गरिने लगानीलक बरम्परागत लगानीको रूपमा लिइन्छ । त्यस्तै साना मार्केट क्याप भएका कम्पनीहरूले उच्च वृद्धिका अवसरहरू प्रदान गर्न सक्दछन तर यस्ता कम्पनीहरूमा धेरै उत्तरचढाव (Volatile) हुने खालक सुकुम्न । मार्केट क्यापको अध्ययन मार्फत लगानीकर्ताहरूले आफ्नो लगानी लक्ष्य र जोखिम लिन सक्ने क्षमतालाई समेत स्टकको उपयुक्त क्यापसँग समायोजन गरी लगानी गर्न सक्दछन् । 
  • मार्केट क्यापबाट प्रभावित हुने अर्को पक्ष भनेको बजार सुचकांक पनि हो । विश्वको दी जसो बजार सुचकांक मार्केट क्यापद्वारा भारित हुने गर्दछन । यसको अर्थ ठुलो मार्केट क्याप भएका कम्पनीहरूले बजार सुचकांकको प्रदर्शन (Performance) मा बढी प्रभाव पार्ने गर्दछन। उदाहरणको लागी नेपालमा ठुलो मार्केट क्याप भएको कम्पनी नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले सेयरको मूल्यमा उल्लेखनीय वृद्धि वा कमी आउँदा यसले समग्र सेयर बजार सुचकांक नेपाल स्टक एक्स्चेञ्जको प्रदर्शनलाई उल्लेखनीय रूपमा प्रभाव पार्दछ । तसर्थ यस्तो अवस्थामा लगानीकर्ताहरूले बजार सुचकांकको चालमा मार्केट क्यापको प्रभावबारे सचेत हुन जरूरी छ । 
  • हामीले सम्झिनुपर्ने अर्को कुरा के छ भने मार्केट क्यापले मात्र स्टकको प्रदर्शन निर्धारण गर्दैन । उद्योगको प्रवृत्ती, कम्पनीको वित्तीय अवस्था र बजार Sentiment जस्ता अन्य कारक तत्त्वहरूले पनि यसको निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछन । तथापि मार्केट क्यापले लगानीकर्ताहरूलाई कम्पनीको सम्भाव्यताको मूल्यांकन गर्न र तुलना गर्न एउटा सुरूवाती विन्दु प्रदान। गर्दछ । अन्य आधारभूत र प्राविधिक सुचकहरूसँग मार्केट क्यापको विश्लेषण गरेर लगानीकर्ताहरूले थप निर्णयहरू गर्न सक्दछ र सम्भावित रूपमा कम मूल्य भएका वा अधिक मूल्य भएका स्टकहरू पहिचान गर्न सक्दछन । 

मार्केट क्यापले सेयर बजारको प्रदर्शन (Performance) लाई कसरी प्रभाव पार्दछ भन्ने कुरा विश्वव्यापी रूपमा घटेका घटनाहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ । जस्तै सन् १९१० को दशकको उत्तरार्धमा Dot-Com Bubble को समयमा ठुला मार्केट क्याप भएका धेरै प्राविधिक कम्पनीहरूको Bubble फुट्दा स्टकको मूल्यमा उल्लेखनीय गिरावट आएको थियो । अर्कोतर्फ Bubble को परिणामबाट कम प्रभावित भएका साना मार्केट क्याप भएका कम्पनीहरूले पूनर्जत्थान चरणमा अन्य ठुला कम्पनीहरूलाई पछाडी पारेका थिए । यस्ता घटनाहरूले बजारका विभिन्न अवस्थाहरूमा मार्केट क्याप गतिशिलतालाई समेत विचार गर्नुपर्ने कुराहरूलाई चित्रण गर्दछन ।

६. सेयर बजार मूल्याकनमा कुल ग्राहस्थ उत्पादन (GDP) को प्रभाव विश्लेषण देशको कुल ग्राहस्थ उत्पादन र यसको सेयर बजार मूल्यांकन बीचको सम्बन्ध लगानीकर्ताहरू 

र वित्तीय तथा आर्थिक विश्लेषकहरू बीच ठुलो चासोको विषय हो । सेयर बजार मूल्यानकनमा कुल ग्राहस्थ उत्पादनको प्रभाव बुझ्नाले लगानीकर्ताहरू तथा विभिन्न विश्लेषकहरूलाई बयान कमा सम्भावित लगानीका अवसरहरूको बारेमा महत्वपूर्ण जानकारीहरू प्राप्त हुन्छ । स्टक मार्केट मूल्यांकनमा कुल ग्राहस्थ उत्पादनको प्रभाव विश्लेषण गर्दा कुल ग्राहस्थ उत्पादनमा परिवर्तनको दिशा र परिमाण दुवैलाई विचार गर्नुपर्दछ । सामान्यतया बढ्‌दो कुल ग्राहस्थ उत्पादन सेयर बजार मूल्यांकनमा सकारात्मक प्रभावसँग सम्बन्धित रहेको छ । जब अर्थतन्त्र विस्तार भईरहेको हुन्छ तब कम्पनीहरूले उच्च आय गर्ने र नाफा कमाउने प्रवृत्ति हुन्छ जसले गर्दा लगानीकर्ताहरूको आत्मविश्वास बढ्न गई सेयरको माग बढ्न थाल्छ जसले स्टकको मूल्यलाई माथि तिर तान्न सक्दछ । उदाहरणको लागि सन् १९९० को दशकको उतरार्धमा भएको प्राविधिक क्षेत्रको वृद्धिले त्याएको बलियो आर्थिक वृद्धिको अवधिमा लगानीकर्ताहरूको आत्मविश्वास बढ्न गई उच्च कर्पोरेट आयको अनुमान गर्दा स्टक मार्केट तीव्र रूपमा वृद्धि भएको थियो । 

सेयर बजार मूल्यांकनमा कुल ग्राहस्थ उत्पादनको प्रभाव विश्लेषण गर्नु एउटा जटिल कार्य पनि हो जसमा विभिन्न कारकहरूलाई विचार गरी बजारको सुक्ष्म अध्ययन गर्नु पनि आवश्यक छ । बढ्दो कुल ग्राहस्थ उत्पादनले सामान्यतया सेयर बजार मूल्यांकनमा सकारात्मक प्रभाव पार्दछ तर सेयर बजारलाई प्रभाव पार्ने अन्य तत्वहरूलाई समेत विचार गर्नुपर्ने हुन्छ । सेयर बजार मूल्यांकन सधै कुल ग्राहस्थ उत्पादनको वृद्धिदरसँग पूर्ण रूपमा मेल खान्छ भनेर ठोकुवा गर्न भने सकिन्न । अन्य विभिन्न कारक तत्वहरू जस्तै भू-राजनीतिक घटनाहरू, ब्याजदर, मुद्रास्फिती, सरकारी नीतिहरू, बजारको मनोवृत्ती लगायतले पनि सेयरको मूल्यलाई प्रभाव पार्न सक्दछ । विभिन्न देशहरू र क्षेत्रहरू अनुसार पनि कुल ग्राहस्थ उत्पादन र सेयर बजार मूल्यांकन बीचको सम्बन्ध फरक फरक हुन सक्दछ । जस्तैः विकासशिल अर्थतन्त्र भएका मुलुकहरूले गर्ने लगानीकर्ताको बजार प्रतिको Sentiment मा सुधार, बजार उदारीकरण लगायत जस्ता कारणहरूले त्यस मुलुकको कुल ग्राहस्थ उत्पादनको वृद्धिदरको तुलनामा उच्च सेयर प्रतिफल प्राप्त हुन सक्दछ भने परिपक्व अर्थतन्त्र भएका विकसित मुलुकका बजारहरूले उनीहरूको कुल ग्राहस्थ उत्पादनको वृद्धिदरको तुलनामा कम सेयर बजार प्रतिफल प्राप्त गर्न सक्दछन । उदाहरणको लागि सन् २००८-०९ को विश्वव्यापी आर्थिक संकटको समयमा विश्वका धेरै मुलुकहरूको कुल ग्राहस्थ उत्पादन वृद्धिदरमा तीव्र गिरावटको अनुभव गरे । बिग्रिएको आर्थिकका धेरै मुलक प्रतिक्रिया गर्दै यसले सेयर बजारमा उल्लेखनीय गिरावट समेत ल्याएको थियो । तर त्यसपछि को को आर्थिक पूनर्जत्थान र कुल ग्राहस्थ उत्पादनमा भएको वृद्धिले पनि सेयर बजारमा तत्कालै पुनर्जत्थान भएको देखिदैन । तसर्थ यस घटनाले पनि यी दुई चरहरू बीच रहेको जटिल सम्बन्धलाई उजार गर्दछ । 

७. निष्कर्ष 

बजार पुँजीकरण अर्थात मार्केट क्याप भन्नाले सार्वजनिक रूपमा कारोवार हुने कम्पनीहरूको जारी गरिएको सेयरहरूका कुनै समय विन्दुमा भएको बजार मूल्यलाई जनाउँदछ । यो सेयरको मूल्य तथा बजारमा जारी गरिएको सेयरको संख्याको अंकसँग बराबर हुने गर्दछ । जारी गरिएको सेयरहरू सेयर बजारमा किनबेच गर्न सकिने हुँदा बजार पुँजीकरणलाई बजार सूचकको रूपमा प्रयोग गरिन्छ। यसलाई बजारका कम्पनीको नेटवर्थ प्रतिको प्रतिक्रियाको रूपमा तथा सेयर मूल्यांकनको आधारको रूपमा हेरिन्छ । त्यस्तै कुल ग्राहस्थ उत्पादन अर्थात जीडीपीले अर्थतन्त्रको आकार देखाउँछ । एउटा देशमा एक वर्षभरीमा उत्पादन गरेको वस्तु तथा सेवाको कूल मूल्य नै जीडीपी हो । यो केवल एउटा तथ्याङ्क हो । तर सायद मानव इतिहासको सबैभन्दा शक्तिशाली तथ्याङ्कीय विनिर्माण हो। यो एउटा संख्या र यसको वृद्धिदरले देश वा समुदायलाई छुट्याएको छ । एउटा भाष्य निर्माण गरेको छ । अफ्रिकाका देशहरू वा नेपाल गरिब हुन र पश्चिमका देशहरू धनी आदि । वास्तवमा यो राजनीतिक अंक गणीत हो । राजनैतिक रूपमा अनुमोदन हुनु नै यसको शक्ति र व्यापकताको स्रोत हो । बजार पुँजीकरण र कुल ग्राहस्थ उत्पादन बीचको सम्बन्ध अध्ययन एउटा जटिल र गतिशिल विषय हो जसलाई विभिन्न कारक तत्वहरूले प्रभाव पार्दछन । ती कारक ततवहरूले कसरी प्रभाव पार्दछन भन्ने कुराको कुनै ठोस उत्तर पाउन मुस्किल छ तर यो कुरा स्पष्ट छ कि यि दुवै आर्थिक चरहरूले मुलुकको समग्र आर्थिक तथा वित्तीय स्वास्थ्य स्थिती र प्रदर्शन निर्धारण गर्नका लागी महत्वपूर्ण भूमिका खेल्दछन । त्यस्तै सेयर बजार र समग्र अर्थतन्त्रको परिर्वतनशिल परिदृश्यलाई मार्गनिर्देशन गर्न लगानीकर्ता, विश्लेषकहरू र नीतिनिर्माताहरू सर्तक र गतिशिल हुन जरूरी छ ।

 

(लेखक अधिकारी राष्ट्रिय बीमा  कम्पनीका सहायक व्यवस्थापक हुन् । याे लेख धिताेपत्र बाेर्डकाे  बिशेषाङ्कबाट साभार गरिएकाे छ)

comments powered by Disqus