सम्पत्ति शुद्धीकरणको हौवाले उच्च अंक घट्यो नेप्से

Apr 01, 2026 03:23 PM Merolagani



बुधबार नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो अनुसन्धानलाई तिव्र गति दिँदै हिमालयन रि इन्स्याेरेन्सका आधारभूत शेयरधनी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेसँगै त्यसको त्रास शेयर बजारमा देखिएको हो।

 

यस दिन नेप्से परिसूचक ७४.७३ अंक घटेर २७७६.३६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। मंगलबार ११ अर्ब ११ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको १ लाख २३ हजार ७३० पटकको कारोबारमा १२ अर्ब १० करोड ९५ लाख २५ हजार रुपैयाँबराबरको ३ करोड २ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ९.८४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन अपि पावर कम्पनीको साढे ४६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४३ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.२६ प्रतिशत घटेको छ। त्यस्ते, यस दिन विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।