नेप्से बढ्यो, कारोबार रकम भने घट्यो

Mar 26, 2026 03:19 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक १४.२१ अंक बढेर २९५०.१६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। बुधबार १५ अर्ब ९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४३ स्टकको १ लाख ४२ हजार ७३४ पटकको कारोबारमा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँबराबरको ३ करोड ४ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसतै, यस दिन नेशनल हाइड्रोपावरको र रिडी पावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने शुभम् पावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.४८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९४ करोड २९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको करिब ७२ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम ४६ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.८४ प्रतिशत घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको हो।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।