महासचिव भट्टले रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने बताए । काँग्रेस र एमालेको जनाधार अहिले पनि बलियो भएकाले सो पार्टीले उनीहरुलाई कमजोर बनाउन पनि दाहालसँग सहकार्य गरेर अघि बढने उनको भनाई थियो ।
यसैगरी, उनले रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप पनि लगाए । उनले रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्ने दाबी समेत गरे । सो पार्टीको परराष्ट्र नीति स्पष्ट नभएको समेत महासचिव भट्टको निष्कर्ष छ । उनले रास्वपा कुनैपनि राष्ट्रको हितमा प्रयोग नहोस भनेर आफ्नो पार्टीले खबरदारी गर्न लागेको समेत बताए ।
महासचिव भट्टले भने,‘तपाईहरु वास्तवमा अमेरिकाद्वारा सञ्चालित हुनुहुन्छ । र परराष्ट्र नीतिको सवालमा तपाईहरु क्लियर हुनुहुन्न । चीन विरोधी शक्तिको रुपमा अमेरिकाले तपाईहरुलाई प्रयोग गर्ने हो । त्यो गर्न दिनुहुन्न भनेका छौँ । यदि त्यस्तो भएन भने त के भयो र ? हामीनै गलत ठहरिउँला । देश बँच्दछ नि । देश बचेर हामी गलत ठहरिँदा त के बिग्रयो र । तर हामीेले खबरदारी गरेनौ भनेत समस्या होला नि ।’