सुनकाे मूल्य घट्ने क्रम जारी, चाँदीको मूल्य भने बढ्यो

Mar 24, 2026 10:52 AM Merolagani



चैत १० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ ।

 

आजको बजारमा चाँदीको मूल्य भने बढेको छ । यस दिन चाँदी तोलामा ८० रुपैयाँले बढेको हो । मंगलबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।