ताेलामा नै १२ हजार ५०० रुपैयाँले घट्याे सुन

Mar 22, 2026 11:10 AM Merolagani



चैत ८ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८२ हजार  रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनदेखि सुनको निरन्तर मूल्य घट्दो क्रममा छ ।

त्यस्तै, आजको बजारमा चाँदीको मूल्य पनि घटेको छ । यदिन चाँदी तोलामा ३५५ रुपैयाँले घटेको हो । आइतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।